Logo

३ महिनामा नेपालीले खाए १ करोड ३३ लाख किलो केरा, केरा खादा बाहिरियो ४० करोड

३ महिनामा नेपालीले खाए १ करोड ३३ लाख किलो केरा, केरा खादा बाहिरियो ४० करोड



काठमाडौं । नेपालीले पछिल्लो ३ महिनामा मात्रै १ करोड ३३ लाख किलो विदेशी केरा खाएका छन । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको पहिलो ३ महिनामा भारतबाट मात्रै १ करोड ३३ लाख ३ सय ८४ किलो केरा आयात भएको हो ।

छिमेकी देश भारतबाट आयात हुने केरा खासगरी चाडपर्वको मौसममा धेरै खपत हुने भएकाले बढी आयात हुने गरेको छ । उक्त केरा आयात गर्दा ३९ करोड ७६ लाख रुपैयाँ बाहिरिएको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार संख्यात्मक रुपमा गत आबको सोही अबधिका चालु आवमा केरा आयात आधाभन्दा बढि घटेको छ । गत आबको ३ महिनामा २ करोड ९७ लाख किलो केरा आयात भएको थियो । जसका लागि नेपालबाट ४१ करोड १० लाख रुपैयाँ बाहिरिएको थियो ।

तर चालू आबमा परिणात्मक रुपमा केरा आयात आधाभन्दा बढिले घट्दै १ करोड ३३ लाख किलो मात्र भित्रिएको छ । तर पछिल्लो समयको बढ्दो मुद्रास्फितीका कारण उक्त केरा आयात वापत ३९ करोड ७६ लाख रुपैयाँ बाहिरिएको छ । परिणात्मक रुपमा केरा आयात आधाभन्दा बढिले घटेपनि मूल्यको आधारमा तुलना गर्दा २ करोड रुपैयाँले मात्रै कमि हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL