Logo

पर्यटकिय गन्तब्य विकासको लागि १ अर्ब निकासा, कार्यान्वयनका लागि १३ बुँदे मार्गदर्शन जारी

पर्यटकिय गन्तब्य विकासको लागि १ अर्ब निकासा, कार्यान्वयनका लागि १३ बुँदे मार्गदर्शन जारी



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वधार विकास कार्यक्रमको बजेट निकासा गरेको छ ।

सरकारले सुचिकृत गरेको सय गन्तब्य र बाँकी स्थानीय तहबाटै पर्यटकिय क्षेत्रको पूर्वधारमा खर्च गर्ने गरि १ अर्ब रुपैयाँ बजेट सम्बन्धित निकायको खातामा पठाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्र तामाङले जानकारी दिएका छन ।

मन्त्रालयबाट गएको उक्त रकम चालु आर्थिक बर्ष भित्रै खर्च गर्ने गरि सो रकम उपलब्ध गराएको मन्त्रालयले जानकारी दिएको छ । भ्रमण बर्ष लक्षित कार्यक्रम अनुसार नै पर्यटकिय क्षेत्रहरुको पूर्वधार निर्माण तथा स्तरोन्नतीको लागि सो रकम उपलब्ध गराएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै मन्त्रालयले बजेट विनियोजनसँगै सम्बन्धित निकायलाई कार्यक्रम कार्वान्वयनको १३ बुँदे मार्गदर्शन समेत उपलब्ध गराएको छ । मन्त्रालयले उपलब्ध गराएको मार्गदर्शन अनुसार स्थानीय निकायले बजेट तथा कार्यक्रम गन्तब्यस्थलमा सार्वजनिक निर्माण तथा पुँजीगत सुधारका लागि स्वीकृत कार्यक्रम बमोजिम खर्च गर्नु पर्ने छ ।

भौतिक विकासको गुरुयोजना तयार नभए सम्बन्धित निकायबाट खर्चहुने रकमबाट गुरुयोजना तयार गरी सोही अनुसारको कार्यान्वयन गर्नु पर्ने साथै विगतमा भएका भौतिक कार्यहरुलाई समेत समेटेर गुरुयोजना तयार गर्नु पर्ने छ ।

[googleapps domain=”drive” dir=”file/d/1DX6dlDOFITnIFi711s_K1IQOpjY_ssE0/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL