Logo

हिमाल आरोहणबाट उठ्यो साढे ६ करोड रोयल्टी, आरोहीको रोजाईमा आमादब्लम देखि मनास्लुसम्म

हिमाल आरोहणबाट उठ्यो साढे ६ करोड रोयल्टी, आरोहीको रोजाईमा आमादब्लम देखि मनास्लुसम्म



काठमाडौं । यस बर्षको शरद याममा मात्रै बिभिन्न हिमाल आरोहणबाट ६ करोड ४० लाख ५५ हजार ५३ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

laxmi

पर्यटन विभागका अनुसार ८ हजार मिटर भन्दा माथीका हिमाल आरोहण गर्ने १ सय ६१ समुहको ११ सय ९१ जनाबाट उक्त रोयल्टी संकलन भएको हो ।

विभागका तथ्याङ्क अनुसार सबै भन्दा बढी मनास्लु हिमाल आरोहण बाट २ करोड ७० लाख ८५ हजार ६ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै दोस्रोमा आमादब्लम हिमाल आरोहणबाट १ करोड ४६ लाख २६ हजार ६० रुपैयाँ संकलन भएको छ ।

बिभिन्न ५२ हिमाल आरोहण मध्य सबै भन्दा बढी आरोहीको आकर्षणमा परेको हिमाल भने यस पटक आमादब्लम रहेको छ । जस्मा २८ समुहको ३ सय २९ जनाले आरोहण अनुमति लिएका छन भने पछ्याउँदै गरेको मनास्लु हिमालमा भने २७ समुहको २ सय ६४ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ ।

त्यस्तै सबै भन्दा कम अर्थात १/१ जनाको मात्रै रोजाईमा परेको हिमाल भने अमोस्लाङ र होङ्गु (सुरा पिक) रहेको छ । सगरमाथा आरोहणको लागि भने शरद यामको लागि २ समुहबाट १० जनाले मात्रै अनुमति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL