Logo

पर्यटक भिसा शुल्कबाटै उठ्यो २ अर्ब राजस्व, भारतीय र चिनियाँ पर्यटकको आगमन बढ्दै

पर्यटक भिसा शुल्कबाटै उठ्यो २ अर्ब राजस्व, भारतीय र चिनियाँ पर्यटकको आगमन बढ्दै



काठमाडौं । भ्रमण बर्ष नजिकिएसँगै पर्यटकको आगमण बढ्दो क्रममा रहेको अध्यागमन विभागको पछिल्लो तथ्याङ्कले देखाएको छ । पर्यटकको आगमनसँगै पर्यटकबाट लिने शुल्कमा समेत वृद्धि भएको छ । पछिल्लो एक महिनामा मात्रै विदेशी पर्यटकबाट ३४ लाख ८३ हजार ७ सय ८० डलर भिसा शुल्क संकलन भएको छ ।

laxmi

विभागको तथ्याङ्क अनुसार चालु बर्षको १० महिनामा ९ लाख ७५ हजार ५ सय ५७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन । जसमध्य १ लाख ६९ हजार ९ सय ५२ जना भारतीय र १ लाख ३४ हजार २ सय ८१ जना पर्यटक चिनियाँ रहेका छन ।

२०१९ को पछिल्लो १० महिनामा भारतीय र चिनियाँ पर्यटक बाहेक अन्य पर्यटकबाट भिसा शुल्क मात्रै २ करोड १ लाख ३९ हजार ७ सय २० डलर संकलन भएको बिभागले जानकारी दिएको छ । भारतीय र चिनियाँ पर्यटकको भने कुनै भिसा शुल्क नलाग्ने बिभागले जानकारी दिएको छ ।

त्यस्तै २०१८ को सोही समयमा ९ लाख ३ हजार ५ सय ३९ जना पर्यटक नेपाल भित्रिएका थिए । जसमध्य १ लाख ६२ हजार ४४ जना भारतीय पर्यटक र १ लाख २२ हजार ९ सय ८६ जना पर्यटक चिनियाँ रहेको बिभागको तथ्याङ्कमा उल्लेख छ ।

सो अबधिमा विभागले ६ लाख १८ हजार ५ सय ९ जना पर्यटकबाट १ करोड ८५ लाख ५५ हजार २ सय ७० डलर संकलन भएको बिभागले जानकारी दिएको छ ।

तर उनीहरुले नेपाल घुम्ने क्रममा के कति खर्च गर्छन भन्ने कुनै तथ्याङ्क नभए पनि उनीहरुको बसाई अनुसार नेपाल राष्ट्र बैंक, अध्यागमन बिभागलगयतले सरदर बसाईँको गनना अनुसार तथ्याङ्क निकाल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL