Logo

निगमको बोईङ जहाज बिक्री गर्न यसै हप्ता बार्ता, ग्राउण्डेड ४ जहाज कात्तिक अन्तिमदेखि संचालनमा

निगमको बोईङ जहाज बिक्री गर्न यसै हप्ता बार्ता, ग्राउण्डेड ४ जहाज कात्तिक अन्तिमदेखि संचालनमा



काठमाडौं । नेपाल वायुसेवा निगमले बोईङ ७५७ जहाज बिक्री गर्न इच्छुक कम्पनीसँग बार्ता गर्ने भएको छ ।

laxmi

यही हप्ता १५ दिनको समय दिएर बार्ताको लागि आह्वान गर्ने तयारी भईरहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिएका छन । दुई पटक आह्वान गरेको टेण्डरमा समेत बोईङ ७५७ जहाज बिक्री गर्न नसके पछि निगमले इच्छुक कम्पनीसँग बार्ता गर्न लागेको हो ।

निगमले आफ्नो बोईङ ७५७, ९ एन जहाज बिक्रीका लागि लिलामीमा राखेपनि आवेदन नपर्दा बिक्री गर्न सकेको छैन । निगमले सो जहाज बिक्री गर्नका लागि असार ११ गते ४५ दिनको समय सिमा राखेर टेण्डर आह्वान गरेको थियो । तर सो समयमा कुनै आवेदन नपरे पछि पुनः १५ दिनको समय राखेर आवेदन माग गरेको थियो । तर, थप गरेको समयमा समेत कुनै आवेदन नपरे पछि बार्तामार्फत जहाज बिक्री गर्न लागेको हो ।

सो जहाज बिक्री गर्नका लागि पहिले गरेको मूल्याङकन भन्दा कम दाम आए पनि जहाज बिक्री गर्ने खरेलले बताए । खरेलले भने, ‘हामी बार्तामा आउने टोलीसँग बसेर छलफल गछौं जस्ले धेरै दाम दिन्छ जहाज उसैलाई दिने हो कम दाम दिनेलाई दिन त सकिँदैन । यस अघि उक्त जहाजको ७६ करोड रुपैयाँको मूल्याङकन गरेको थियो ।

निगमले ग्राउण्डेड ४ जहाज संचालनमा ल्याउने

त्यसतै निगमले लामो समयदेखि ग्राउण्डेड ५ ओटा जहाज मध्य ४ ओटा जहाज भने यही कात्तिक अन्तिम देखि संचालनमा ल्याउने भएको छ । खरेलका अनुसार वाई १२ जहाज ३ र एनए ६० जहाज १ भने कात्तिक अन्तिमदेखि संचालनमा आउनेछ । भने ५ बर्ष भन्दा अघिदेखि ग्राउण्डेड टुईनअटर भने अझै केही समय लाग्ने छ ।

‘कहिले जहाजको पार्टपुर्जा नआउने त कहिले चिनियाँहरु समयमै आएर नबनाउनाले गर्दा यस्तो समस्या भएको हो’, उनले भने, ‘जहाज छिटै संचालनमा ल्याउने भनेर इन्जिनियरको टोलीले लिखित दिएको धेरै भयो तर यस पटक भने त्यस्तो नहोला ।’

प्रतिक्रिया दिनुहोस्
MBL