Logo

भ्रमण बर्ष नजिकिँदै गर्दा पर्यटकिय स्थलमै छैन शौचालय, नारामै सिमित स्मार्ट शौचालय

भ्रमण बर्ष नजिकिँदै गर्दा पर्यटकिय स्थलमै छैन शौचालय, नारामै सिमित स्मार्ट शौचालय



काठमाडौं । भ्रमण बर्ष सुरु हुन अब केही समय मात्रै बाँकी छ । तर पर्यटकिय गन्तब्यको रुपमा रहेको बिभिन्न स्थानहरुमा शौचालयको समेत ब्यवस्था छैन ।

सरकारले भने त्यस्ता स्थानहरुमा स्मार्ट शौचालय देखि इन्टेकसम्म बनाउने र भईरहेको शौचालयलाई सफा गर्ने कुरा भईरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिएका छन ।

लुम्बिनी, पशुपति क्षेत्रलगायतका स्थानहरुमा स्वयम उनीहरुलेनै बनाउने र अन्य क्षेत्रमा स्थानीय आफैंले बनाउने गरि काम अघि बढेको भने उनले जानकारी दिएका छन । तर हाल सम्म कुन स्थानमा कति स्मार्ट शौचालयको निर्माण भयो भन्ने मन्त्रालयलाई नै जानकारीमा नरहेको उपाध्यायले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको रुपमा रहेको कर्णालीको रारामा शौचालय समेत नरहेको भन्दै आन्तरिक पर्यटकहरुले गुनासो गरेका छन । भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष सहित सरकारले काम गरे पनि मुख्य पर्यटकिय क्षेत्रहरुमा शौचालयलगायतका पूर्वधारको अभाव रहेको भन्दै पर्यटकहरुले गुनासो पोख्ने गरेका छन ।

रारा त केवल प्रतिनिधि स्थानमात्रै हो । सरकारले त्यस्ता केही स्थानहरुमा अझै भौतिक पूर्वधारमा ध्यान दिन नसक्दा भ्रमण बर्षनै खल्लो हुने बिज्ञहरुको भनाई रहेको छ । रारा त टाढाको कुरा हो सरकारले काठमाडौं नजिकैको स्थानहरुमा समेत सार्वजनिक शौचालय नबनाउँदा आन्तरिक पर्यटकहरु खुला शौच गर्नु पर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL