Logo

नेपाल वायुसेवा निगमलाई मर्नबाट बचाउन धेरै बिधिबाट उपचार गर्दैैछौं : पर्यटन मन्त्री भट्टराई

नेपाल वायुसेवा निगमलाई मर्नबाट बचाउन धेरै बिधिबाट उपचार गर्दैैछौं : पर्यटन मन्त्री भट्टराई



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमलाई मर्न नदिने बताएका छन ।

उनले हाल निगमको अवस्था नाजुक भए पनि बिभिन्न विधि अपनाएर उपचार गरेर बचाउने बताएका हुन । सरकारी स्वामित्वमा रहेको निगमलाई पब्लिक कम्पनीको रुपमा लैजाने गरि काम भईरहेकाले अबको केही बर्ष भित्रै निगममा सुधार आउने उनको विश्वास रहेको छ ।

उनले शनिबार पत्रकारसँगको भेटघाटमा निगमको उपचारलगायतका विषयमा सुधार ल्याउन केही नितिगत सुधार गरेर जाने बताएका छन । एयरलाईन्स कम्पनी, भईरहेको विमानस्थल, पर्यटन प्रवर्द्धनलगायतका विषयमा भएको कम जनशक्तिलाई पूरा गर्न सरकारले ‘पर्यटन तथा पर्वतारोहण प्रतिष्ठान’ विध्ययक ड्राफ्ट तयार पारेको जानकारी दिएका छन ।

उक्त विध्ययकलाई आवश्यक परामर्शका लागि बिभिन्न मन्त्रालयमा पठाई सकेको र छिट्टै मन्त्रिपरिषद्मा लैजाने तयारी भएको समेत उनले जानकारी दिएका छन । त्यस्तै पाईलट विद्यालय स्थापना गर्न बिभिन्न समुहहरुले चासो देखाएको र उनिहरुसँग प्रारम्भिक छलफलको क्रममा सरकार रहेको समेत उनले बताए ।

नितिगत कानुनी सुधारको लागि सरकारले प्राथमिकताका साथ अगाडी बढाएको मन्त्री भट्टराईले जानकारी दिएका छन । साथै देश भरि विकास समितिको नाममा रहेका थुप्रै विकास समिति भए पनि अलग अलग भएकाले ति सबै समितिहरुलाई एउटै छाता ऐनबाट संचालन हुनु पर्ने बताएका छन ।

त्यस्ता समितिहरुलाई छाता ऐनबाटै संचालित गरि प्रदेश सरकार र स्थानीय सरकारमा हस्तान्तरण गर्ने गरि सरकारले काम थालेकाले जहाँ सुधार गर्नु पर्ने हो त्यसलाई सुधार गरेर जाने उनले बताएका हुन ।

पर्यटन मन्त्री भट्टराईले पूर्वधार निर्माणमा ढिलै भए पनि सरकार भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्षबाट पछि नहटेको समेत स्पष्ट पारेका छन । उनले संचार माध्यममा बिभिन्न हल्ला बाहिर आए पनि बजारमा आएको जस्ता हल्ला नभएको र सरकार उक्त लक्षबाट पछि नहटेको बताएका हुन ।

२० लाख पर्यटक भित्र्याउन सरकारले भ्रमण बर्ष सचिवालयलाई समेत विस्वासका साथ काम गर्न निर्देशन दिईसकेको बताए । साथै भारत, चीन, म्यानमार, श्रीलंकालगायतका बिभिन्न १० गन्तब्य पहिचान गरि काम गर्न समेत सचिवालयलाई निर्देशन दिएको मन्त्री भट्टराईले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL