Logo

निगम सुधारमा कार्यदलको प्रतिवेदन : थप दुई एयरबस किन्न सरकारलाई सुझाव, संचित नोक्सान सवा ५ अर्ब कर्जा ४० अर्ब माथी (प्रतिवेदन सहित)

निगम सुधारमा कार्यदलको प्रतिवेदन : थप दुई एयरबस किन्न सरकारलाई सुझाव, संचित नोक्सान सवा ५ अर्ब कर्जा ४० अर्ब माथी (प्रतिवेदन सहित)



काठमाडौ । नेपाल वायुसेवा निगम सुधारका लागि गठन गरेको कार्यदलले निगम सुधारका लागि थप जहाज खरिद किन्न सुझाव दिएको छ ।

laxmi

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि सुझाव दिन गठन गरेको कार्यदलले आज प्रतिवेदन बुझाउँदै थप २ ओटा एयर बस ३२० खरिद गर्न सुझाव दिएको हो ।

मन्त्री भट्टराईले पूर्व सचिव सुशील घिमिरेको संयोजकत्वमा निगम सुधारका लागि सुझाव दिन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले निगमसँग प्रयाप्त जाहाज नभएका कारण आम्दानी हुन नसकेको भन्दै निगमलाई नाफामा लैजान थप जहाज किन्न सुझाव दिएको हो ।

कार्यदलको प्रतिवेदन अनुसार हाल निगमको संचित नोक्सानी ५ अर्ब २१ करोड ७६ लाख रुपैयाँ छ भने विभिन्न प्रकारका कर्जा ४० अर्ब रुपैयाँभन्दा बढि रहेको छ । निगमले दुईवटा एयर बस खरिदका लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग कर्जा लिएरसँग ऋणको भार बढेको हो ।

हाल निगमसँग ३ अर्ब ६० करोड १७ लाख रुपैयाँ बराबरको जिन्सी सामान रहेको छ । जसमध्ये सवा अर्व रुपैयाँ बराबरको प्रयोग विहीन अवस्वामा छ । जसमा निगमको लिलामीमा बिक्री हुन नसकेको बोइङ जहाज लगायतका समानहरु पर्दछ ।

यसैगरी कार्यदलले निगममा विदेशी रणनीतिक साझेदार भित्र्याउन समेत सुझाव दिएको छ । अहिलेकै व्यवस्थापनबाट निगममा सुधार गर्न कठिन भएको भन्दै विदेशी अनुभवी साझेदार भित्र्याउन सुझाव दिएको हो ।

यस्तो छ प्रतिवेदन :

[googleapps domain=”drive” dir=”file/d/0BzQEw51q5V-kUjhPdEQ1RjhZeE8tSzd4NE1CdTRpMm1XT084/preview” query=”” width=”800″ height=”500″ /]

प्रतिक्रिया दिनुहोस्
MBL