Logo

चालु आवको पहिलो महिना ९७ अर्बको व्यापारघाटा, निर्यात बढ्यो आयात घट्यो

चालु आवको पहिलो महिना ९७ अर्बको व्यापारघाटा, निर्यात बढ्यो आयात घट्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना नेपालले ९७ अर्ब ८८ करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्षको साउन महिनाको तथ्याङ्क अनुसार १ खर्ब ६ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको सोही अवधिको तुलनामा नेपालमा हुने आयात घट्नुका साथै निर्यात भने बढेको छ । तथ्याङ्क अनुसार गत आर्थिक बर्षको साउन महिनामा नेपालले १ खर्ब १४ अर्बको व्यापारघाटा बेहोरेको थियो । जसमा सो अवधिमा नेपालले २० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा ६ अर्ब ९२ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

तर चालु आर्थिक बर्षको तथ्याङ्कले भने गत आबको तुलनामा निर्यात २ अर्बले बढेको देखाएको छ । यस्तै आयात भने २० अर्बले घटेको छ । तथ्याङ्क अनुसार नेपालको वैदेशिक व्यापार नै चालु आर्थिक बर्ष १९ अर्बले घटेको छ । गत आर्थिक बर्षको पहिलो महिना १ खर्ब १४ अर्ब रुपैयाँ रहेको व्यपारघाटा चालु आर्थिक बर्ष घटेर ९७ अर्बमा झरेको हो ।

आर्थिक बर्षको पहिलो महिना नै नेपालको वैदेशिक व्यापारमा केही सुधारले समृद्धिको बाटो देखाउने विज्ञहरुको भनाई छ । नेपालका निर्यात भन्दा आयातको हिस्सा धेरै हुने नेपालको पछिल्लो ३ बर्ष यता निर्यातको वृद्धिदर बढ्दै गईरहेको छ भने व्यापारघाटाको वृद्धिदर पनि सोही अनुसार घट्दै गईरहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले समेत देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL