Logo

दशैं तिहार विशेष देश देखि विदेश, साढे ९ हजार देखि ३ लाखसम्मका यस्ता छन टूर प्याकेज

दशैं तिहार विशेष देश देखि विदेश, साढे ९ हजार देखि ३ लाखसम्मका यस्ता छन टूर प्याकेज



काठमाडौं । नेपालीहरुको महान चाड दशैं र तिहार नजिकिएसँगै बिभिन्न ट्राभल एजेन्सीजहरुले आकर्षक प्याकेजको घोषणा गरेको छ ।

laxmi

दशैं र तिहारको फुर्सदिला समयमा घुम्ने योजनामा हुनुहुन्छ भने दशैं तिहार लक्षित गरेर ट्राभल एजेन्सीजहरुले आन्तरिक तथा बाह्य टुरको लागि आकर्षक प्याकेजको घोषणा गरेका छन् । नेपालीहरु दशैं तिहारको समयमा आन्तरिक तथा बाह्य टुरमा भ्रमण गर्ने चलन बढेसँगै त्यसलाई मध्यनजर गर्दै ट्राभल एजेन्सीजहरुले प्याकेजको घोषणा गरेका हुन् ।

नेपालीहरुको घुम्न जाने चाहानालाई मध्य नजर गर्दै राम्बोले नेपालले ४ रात ५ दिनमा थाईल्याण्ड घुमाउने भएको छ । कम्पनीले ४० हजार ९ सय ९९ रुपैयाँमा थाईल्याण्ड घुमाउने भएको हो । नेपालीहरु विशेष गरी थाईल्याण्ड, मलेसिया, सिंगापुरलगायतका स्थानहरुमा घुम्न जाने भएकाले कम्पनीले १ लाख ६ हजार ९ सय ९९ रुपैयाँमा यी ३ स्थानमा घुमाउने भएको छ ।

त्यस्तै एसिइ ट्राभल एण्ड टुर्स प्रालिले ४५ हजारमा थाईल्याण्ड, ८५ हजारमा मलेसिया र सिंगापुर रसिया र दुबैमा ७० हजार रुपैयाँमा घुमाउने गरी आकर्षक प्याकेज ल्याएको कम्पनीका लाईन म्यानेजर नबराज धरेलले जानकारी दिएका छन । कम्पनीले दशैं प्याकेज अफरमा विभिन्न १७ मुलुकका लागि ४६ हजार रुपैयाँ देखि ३ लाख रुपैयाँ सम्मको अफर सार्वजनिक गरेको छ ।

त्यस्तै आन्तरिक भ्रमणका लागि समेत बिभिन्न प्याकेजहरु तयार भएको छ । दशैं तिहारको छुट्टी मनाउन ट्राभल एजेन्सीजहरुले प्याकेज सार्वजनिक गरेको हो । दशैं तिहार विशेष प्याकेज बनाउँदै नेपालीहरुका लागि रारा ट्रेकले ९ हजार ५ सय रुपैयाँ देखि ४५ हजार रुपैयाँ सम्मको प्याकेज सार्वजनिक गरेको राराका ब्यवस्थापक राजेश शाहीले जानकारी दिएका छन ।

उनका अनुसार राराले साढे ९ हजार रुपैयाँमा ३ रात ४ दिन मुस्ताङ मुक्तिनाथ भुमाउने भएको छ । त्यस्तै सेफोक्शुण्डो, तिलिचो तथा अपरमुस्ताङ विशेष प्याकेज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL