Logo

भ्रमणबर्ष नजिकिएसँगै ठूला होटल खुल्ने क्रम घट्यो, ५ महिनामा ६६५ वटा होटल लज तथा रेष्टुँरा दर्ता

भ्रमणबर्ष नजिकिएसँगै ठूला होटल खुल्ने क्रम घट्यो, ५ महिनामा ६६५ वटा होटल लज तथा रेष्टुँरा दर्ता



काठमाडौं । सरकारले भ्रमण बर्ष २०२० मनाउन लागि रहँदा देशमा ठूलो होटल खुल्ने क्रम भने घटेको छ । कम्पनी रजिस्टार्ड कार्यालको अनुसार २०७६ को पहिलो ५ महिनामा ६ सय ६५ ओटा होटल, लज तथा रेष्टुँरा दर्ता भएको छ । तर सो अबधिमा ठूला होटल दर्ता भने नगन्य मात्रामा रहेको छ ।

कार्यालयको तथ्याङक अनुसार आव २०७६ को पहिलो ५ महिनामा १० हजार देखी ५० लाख सम्म अधिकृत पूँजी भएका होटलको संख्या ३२० रहेको छ भने ५० लाख देखी १ करोड रुपैयाँ सम्म लगानी भएका होटलको दर्ता संख्या भने १७४ ओटा रहेको छ ।

त्यस्तै १ करोड देखी २० करोड रुपैयाँ सम्मका होटलको संख्या १४६ रहेको छ भने २० देखी ३० करोड रुपैयाँ सम्म अधिकृत पूँजी भएका होटलको संख्या २३ ओटा रहेको छ । ३० करोड रुपैयाँ भन्दा माथी लगानी भएका होटल भने २ ओटा मात्रै दर्ता भएको कार्यालयको तथ्याङकमा उल्लेख छ ।

भ्रमण बर्ष सुरु हुन ५ महिना मात्रै बाँकी हुँदा ठूला होटलमा भने लगानी घट्दै गइरहेको छ । तथ्याङक अनुसार ३५ करोड रुपैयाँ भन्दा बढी लगानी भएको होटल यी ५ महिनाको अवधिमा कुनै पनि दर्ता भएका छैनन् ।

आव २०७५/७६ को सोही अवधिमा भने १० हजार देखी ५० लाख सम्म अधिकृत पूँजी भएका होटलको संख्या २७५ ओटा, ५० देखी १ करोड लगानी भएका होटल १४८ र १ करोड देखी २० करोड रुपैयाँ लगानी भएको होटल १३८ ओटा दर्ता भएको थियो ।

त्यस्तै २० देखी ३० करोड रुपैयाँ अधिकृत पूँजी भएको होटलको संख्या ८ ओटा दर्ता भएको थियो भने सो रकम भन्दा माथीको लगानी भएको होटल भने ७ ओटा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL