Logo

साना र प्रतिस्पर्धी कम्पनी डुवाउन खोज्दा चिप निर्माता अमेरिकी कम्पनी ‘क्वालकम’ कारबाहीमा, तिराईयो २४२ मिलियन युरो

साना र प्रतिस्पर्धी कम्पनी डुवाउन खोज्दा चिप निर्माता अमेरिकी कम्पनी ‘क्वालकम’ कारबाहीमा, तिराईयो २४२ मिलियन युरो



काठमाडौं । अमेरिकाको बहुराष्ट्रिय चिप निर्माता कम्पनी ‘क्वालकम’ले २ सय ४२ मिलियन युरो जरिवाना तिर्नुपर्ने भएको छ । कम्पनीले आफुखुसी विभिन्न डिभाईस तथा चिपहरुको मूल्य तोकी अन्य साना प्रतिश्र्पीलाई डुबाउन खोजेको भन्दै युरोपेली युनियनको एन्टिट्रस्ट नियमनले उक्त जरिवाना तोकेको हो ।

अमेरिकाको बहुराष्ट्रिय उक्त कम्पनी खासगरी दूरसंचार कम्पनी हो जसले विभिन्न वाईरलेस सामग्रीहरु बेच्ने गर्दछ । तर आफ्नो बढी मुनाफा भने कम्पनीले मोबाईलमा प्रयोग हुने चिपमार्फत कमाउने गर्दछ ।

अघिल्लो बर्ष पनि क्वालकमले एप्पल कम्पनीलाई डुवाउने खेल खेलेको भन्दै ९ सय ९७ मिलियन डलर जरिवाना तिरेको थियो । यस्तै इयुले आज अर्थात बिहीबार साना उद्योगलाई डुबाउन खोजेको भन्दै १ बर्षमा कमाएको कुल सम्पत्तीको १ दशमलव २७ प्रतिशत जरिवाना तोकेको हो ।

क्वालकमले सन २००९ र २०१० को बीचमा मोबाईलमा प्रयोग हुने चिप हुवावे टेक्नोलोजी र जेडटीईलाई कम मूल्यमा बेचेको पाईएको छ । उनीहरु दुबै कम्पनी आईसेरा कम्पनीका पनि रणनीतिक ग्राहक हुन । आईसेरा पनि उच्च गुणस्तरको चिप निर्माण र निर्यातकर्ता कम्पनी भएको र त्यसलाई क्वालकमले डुबाउन खोजेको ईयुले आरोप लगाएको छ ।

आईसेरा कम्पनी हाल एनभिडीया कम्पनीको स्वामित्वमा रहेको छ । आईसेराले सन २०१० मा क्वालकमले आफ्नो चिपसेटहरु कम मूल्यमा बेचेको भन्दै ईयुको एन्टिट्रस्ट विभागमा निवेदन दिएको थियो । सन २०११ मा एनभिडीयाको स्वामित्वमा आईसेरा गएपछि यसको अनुगमन रोकिएको थियो ।

त्यसपछि सो निवेदनमार्फत ईयुले ४ बर्षसम्म क्वालकमलाई अनुगमन तथा अनुसन्धान गरेको थियो । अघिल्लो बर्ष क्वालकमले ईयुको एन्टिट्रस्टको पाँचौ ठूलो जरिवाना तिरेको थियो । क्वालकम मोबाईलमा प्रयोग हुने चिप्सको सबैभन्दा ठूलो निर्माता कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL