Logo

औपचारिक रुपमा सुरु भयो भेहिकल ट्रयाकिङ सिस्टम, चरणबद्ध कार्यान्यनमा लगिने

औपचारिक रुपमा सुरु भयो भेहिकल ट्रयाकिङ सिस्टम, चरणबद्ध कार्यान्यनमा लगिने



काठमाडौं । सरकारले आजदेखि मालसामान ढुवानी तथा बिक्रीमा ट्रयाकिङ सिस्टम कार्यान्वयनमा ल्याएको छ । सो प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री कार्यालयबाट औपचारिक रुपमा कार्यान्वयनमा ल्याएका हुन् ।

laxmi

मालसामान बिक्री तथा ढुवानीमा हुने राजस्व चुहावट नियन्त्रण्का लागि उक्त प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । उनले चालू आबको बजेटमार्फत नै चोरी निकासी पैठारी र आन्तरिक उत्पादनको परिवहनमा हुने विचलनलाई नियन्त्रण गरी राजस्व चुहावट नियन्त्रण गर्न उत्पादन, परिवहन र बिक्रीसम्मको श्रृखलाई ट्रयाकिङ प्रणालीमा जोडिने बताएका थिए ।

सरकारले पारवहन तथा बिक्रीसम्मको ट्रयाकिङ प्रणालीलाई कार्यान्यनमा ल्याउने बताएसँगै व्यवसायीहरुले त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउने नहुने बताउँदै आएको थिए । आज भएको कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकार उक्त कदमबाट पछि नहट्ने तर व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै समयसापेक्ष परिमार्जन गरिने बताएका छन् । ‘सरकारले कार्यान्वयनमा ल्याएको यस नयाँ प्रविधिबाट पछि हट्दैन,’ उक्त कार्यक्रममा भने, ‘सवैको सुझाव लिँदै चरणवद्ध रुपमा कार्यान्यनमा लगिनेछ ।’

उनले पछिल्लो चरणमा व्यवसायीले भन्सार तथा राजस्वको बारेमा कम गुनासो गर्न थालेको जानकारी दिएका छन । उक्त उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतीवडाले सुचना प्रविधिको प्रयोगलाई जोड दिँदै अनधिकृत व्यापार, व्यापार पारदर्शिता लगायतका क्षेत्रमा सुधार ल्याउने गरी उक्त सिस्टम लागु गरिएको जानकारी दिएका हुन ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले भेहिकल ट्रयाकिङ सिस्टमलाई कार्यान्वयनमा ल्याउन नहुने बताए । ‘सो प्रणालीलाई छोटो दूरी र लामो दूरी गरी दुई भागमा विभाजन गर्नुपर्छ,’ उलने भने, ‘छोटो दूरीको कार्यान्वनयमा ल्याउन सकिँदैन भने लामो दूरीकोलाई पनि परीक्षणको रुपमा मात्र कार्यान्वयन गरिनुपर्छ ।’ व्यवसायीले छोटो दूरीमा रिक्सा, ठेलागाढाजस्ता माध्यबाट ढुवानी गर्ने भएकाले त्यसमा ट्रयाकिङ गर्न नसकिने बताए । साथै लामो दूरीको ट्रयाकिङ गर्न पनि सोही अनुरुपको प्रविधि चाहिने भएकाले तत्काल सम्भव नहुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL