Logo

अविरल वर्षाको कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो, बेपत्ता ३० घाईते ३८

अविरल वर्षाको कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो, बेपत्ता ३० घाईते ३८



काठमाडौं । अविरल बर्षाका कारण ज्यान गुमाउनेको संख्या ६५ जना पुगेको छ । ५ दिन सम्म लगातार परेको पानीका कारण आएको बाढी पहिरोमा परी ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीका अनुसार बिहीबार देखी सोमबार बिहानसम्ममा ६५ जनाले ज्यान गुमाईसकेको छ । जसमा २४ महिला र ४१ पुरुष रहेका छन । त्यस्तै बेपत्ताको संख्या ३० जना पुगेका छन भने घाईतेको संख्या ३८ जना पुगेको छ ।

वेपत्ता हुनेमा १२ जना महिला रहेका छन भने १८ जना पुरुष रहेका छन । त्यस्तै घाईते हुनेमा १७ महिला र २१ पुरुष रहेका छन

नेपाल प्रहरीले डुवानमा परेका ११ सय ४ जनाको उद्धार गरिएको छ भने बेपत्ताहरुको खोजीकार्यका लागि काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश १ का लागि ६ हजार ३ सय ५, प्रदेश २ का लागि ५ हजार ७ सय २, प्रदेश नं. ३ का लागि ३ हजार ४ सय ५ र ६ नं. प्रदेशका लागि ३ हजार १ ससय १२ जना प्रहरी कर्मचरी खटाएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन ।

हाल सम्ममा १४ सय ४६ जनाको सकुशल उद्धार गरेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL