Logo

२०२० मा कर्णालीमा विश्वकै लामो विश्व र्याफ्टिङ प्रतियोगिता हुने, २४ गन्तब्य पहिचान गर्दै सचिवालय

२०२० मा कर्णालीमा विश्वकै लामो विश्व र्याफ्टिङ प्रतियोगिता हुने, २४ गन्तब्य पहिचान गर्दै सचिवालय



काठमाडौं । भ्रमण बर्ष सचिवालयले कर्णाली नदीमा विश्व र्याफ्टिङ प्रतियोगिता गराउने भएको छ । सचिवालयले भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै करिब २ सय १० किलोमिटरको दुरीमा र्याफ्टिङ गराउने भएको हो ।

कर्णाली प्रदेशलाई पर्यटकिय हव बनाउनकै लागि नेपाल र्याफ्टिङ एशोसिएसन (नारा) सँगको सहकार्यमा उक्त प्रतियोगिता गर्न लागेको सचिवालयले जानकारी दिएको छ । हाल उक्त क्षेत्रको प्रारम्भिक अध्ययन आईसकेको भए पनि जिपिएस अर्थात कति घण्टा र्याफ्टिङ गराउन सकिन्छ भनेर थप अध्ययन भईरहेको छ ।

यदी उक्त स्थानमा विश्व र्याफ्टिङ प्रतियोगिता गर्न सकियो भने यो विश्वकै लामो र्याफ्टिङ हुने र विश्व रेकर्ड हुने सचिवालयले जानकारी दिएको छ । साथै सो क्षेत्रमा छरिएर रहेका खस, मगर, राउटेलगायतका गाउँहरुमा घरबास (होमस्टे) समेत संचालन गर्ने तयारी गरेको छ ।

र्याफ्टिङसँगसँगै ति गाउँहरुलाई समेत प्रवद्र्धन गरी त्यहाँ आउने पर्यटकलाई घरबासमा राख्ने योजना सचिवालयको रहेको छ । हाल सो क्षेत्रमा पुगे पछि पर्यटकहरु होटल भन्दा बाहिर पाल टाँगेर बस्नु पर्ने अवस्था रहेको छ । घरबासकासँगै ति समस्याको समेत समाधान हुने सचिवालयको विस्वास रहेको छ ।

त्यस्तै सचिवालयले २४ ओटा गन्तब्य पहिचान गरी काम गर्ने भएको छ । २४ ओटा गन्तब्य पहिचानका लागि ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नबराज दाहालको संयोजकत्वमा ३ जनाको समिति समेत गठन गरेको छ । सम्भवत उक्त समितिले आईतबार सम्ममा आफुहरुले गरेको अध्ययन प्रतिवेदन बुझाउने छ ।

पुरानै गन्तब्यलाई प्राथमिकता दिने

भ्रमण बर्ष सचिवालयले २४ ओटा गन्तब्यलाई पहिचान गरी काम गर्ने भनिए पनि ति गन्तब्यका रुपमा भने अधिकांश गन्तब्य पुरानै हुने छन । केही गन्तब्य पुरानै भए पनि केही भने नयाँ गन्तब्यका रुपमा पहिचान गरी काम गर्ने भएको छ ।

सचिवालयले ति क्षेत्रहरुलाई प्रचार प्रसार गरे पनि भविश्यमा भने सम्बन्धित निकायले नै प्रचार प्रसार गर्नु पर्ने छन । ‘हामी भनेको अस्थाई हौं र हामीले गर्ने काम पनि केही समयको लागि मात्रै हो २०२० पछि त हामी पहिले जुन स्थानबाट आएका छौं त्यही जाने हौं,’ सचिवालयका एक कर्मचारीले भने, ‘एक बर्षको लागि मात्रै हो हामीले काम गर्ने भनेको त्यस पछि ति क्षेत्रका उत्पादन बेच्ने र नाफा लिने भनेको त्यही क्षेत्रले हो हामीले होईन ।’

प्रतिक्रिया दिनुहोस्
MBL