Logo

युरोपियन केन्द्रिय बैंकको अध्यक्षमा आईएमएफकी प्रवन्ध निर्देशक क्रिष्टिन, अर्थतन्त्र सकारात्मक हुने विश्वास

युरोपियन केन्द्रिय बैंकको अध्यक्षमा आईएमएफकी प्रवन्ध निर्देशक क्रिष्टिन, अर्थतन्त्र सकारात्मक हुने विश्वास


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । इन्टरनेशनल मनिटरी फण्ड (आईएमएफ)की प्रवन्ध निर्देशक क्रिस्टिन लागार्ड यूरोपियन सेन्ट्रल बैंकको अध्यक्षमा नियुक्त हुने भएकी छन । युरोपियन युनियनका प्रतिनिधिहरुले उनलाई युरोपियन केन्द्रिय बैंकको अध्यक्ष बनाउने योजना बनाएको खुलासा भएको छ ।

ईयुको व्यवस्थापकका लागि दिईएका नामहरुमध्ये क्रिस्टिना लागार्डको नाम भने एक नेतृत्वकर्ता उम्मेदवारको रुपमा बाहिर आएको छ । आईएमएफमा आउनुभन्दा अघि उनी फ्रान्सको अर्थमन्त्रीको रुपमा रहेकी थिईन । ६३ बर्षिय लागार्ड युरोपियन केन्द्रिय बैंकको पहिलो महिला अध्यक्ष हुनेछिन जो व्यबसायिक अर्थशास्त्री भने होईनन ।

उनी उक्त बैंकको अध्यक्ष भएलगत्तै ब्याजमा भारी कटौती गरी मुद्रास्फिती घटाउने प्रक्रिया तिर लाग्ने विश्वास गरिएको छ । यस्तै लगानीकर्ताहरुले उनी अध्यक्ष भएलगत्तै मौद्रिक नीति पनि आक्रामक र नयाँ तरिकाको ल्याउने विश्वास गरेका छन ।

विश्वको अर्थतन्त्र नकारात्मक दिशातिर गएको बताउँदै उनले विभिन्न केन्द्रिय बैंकहरुलाई आफ्नो नीतिहरुमा केही हदसम्म समायोजन गर्नका लागि आदेश दिएकी छन । उनले पहिलोपटक आईएमएफमा सन २०११ मा आफ्नो कार्यभार सम्हालेकी थिईन ।

तर फेरी सन २०१६ मा उनलाई ५ बर्षको कार्यकाल थपिएको थियो । अन्तरराष्ट्रिय स्तरमा उनलाई आईएमएफबाट कार्यकाल नसकिँदै निकाल्ल लागिएकोमा चर्काे आलोचना भईरहेको छ । उनी आफैले पनि युरोपियन केन्द्रिय बैंकको अध्यक्षा हुन पाउनेमा खुसी भएको बताएकी छन भने अन्य ठुला नेता तथा अर्थविदहरुले उनको सकारात्मक प्रशंसा गरिरहेका छन ।ब्लुम्बर्गको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL