Logo

७ ब्रोकरलाई नेप्सेले दियो मार्जिन कारोबार अनुमति, प्रक्रियामा १३ कम्पनी

७ ब्रोकरलाई नेप्सेले दियो मार्जिन कारोबार अनुमति, प्रक्रियामा १३ कम्पनी



काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज नेप्सेले विभिन्न ७ ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबारका लागि स्विकृति दिएको छ ।

नेप्सेले बिहीबार आफ्नो कार्यालयमा विभिन्न ७ ओटा कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमति दिएको हो ।

नेपाल धितोपत्र बोर्डले तोकेको सम्पुर्ण प्रक्रिया पुर्याएपछि क्रिस्टल कंचनजंघा, नेपाल स्टक हाउस, श्रीकृष्ण सेक्युरिटिज, प्राईमो सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज तथा कोहिनुर ईन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले मार्जिन कारोबारको अनुमति पाएका हुन ।

यस्तै अन्य १३ ओटा कम्पनी भने मार्जिन कारोबारका लागि प्रकृया अघि बढाईरहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL