Logo

निगमको जहाजले काठमाडौं दिल्ली दैनिक ३ उडान भर्दै, दुबईको लागि उडान तालिका थपियो

निगमको जहाजले काठमाडौं दिल्ली दैनिक ३ उडान भर्दै, दुबईको लागि उडान तालिका थपियो



काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको लागि दैनिक ३ उडान गर्ने भएको छ ।

laxmi

यही बैशाखमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौ दिल्ली दैनिक उडान गर्न दिएको निर्देशन अनुसार उडान गर्नका लगि स्लट प्राप्त भएको निगमले जानकारी दिएको छ ।

यस अघि हप्तामा १४ उडान गर्दै आएको निगमले असार अन्तिम साताबाट दैनिक ३ उडान भर्ने गरी तयारी भईसकेको जानकारी दिएको छ । मन्त्रालयले २०२० मा २० लाख पर्यटक भित्र्याउनकै लागि भए पनि निगमको जहाजले दैनिक ३ उडान गर्न निगमलाई निर्देशन दिएको थियो ।

हाल हप्तामा १४ उडान मात्रै हुँदा निगम झनै आर्थिक संकटमा फस्न सक्ने र भ्रमण बर्षलाई समेत सहयोग पुग्ने भन्दै मन्त्रालयले दैनिक ३ उडान गर्न निर्देशन दिएको थियो साही अनुरुप असार अन्तिम ३० गते देखी दैनिक ३ उडान गर्ने गरी तयारी भईरहेको निगमले जानकारी दिएको छ ।

भारतको लागि निगमको जहाज न्यारोबडी मार्फत ७ र वाईडबडी मार्फत ७ उडान भर्दै आएको निगमले दुवईमा समेत उडान थप गर्ने भएको छ । यस अघि हप्तामा ३ उडान गर्दै आएको भए पनि अब भने एक उडान थप गर्दै हप्तामा ४ ओटा उडान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL