Logo

प्रचारप्रसारलाई आफ्नै वेवसाईट बनाउनबाट पछि हट्यो भ्रमण बर्ष सचिवालय, सव–डोमेन मार्फत काम गर्ने तयारी

प्रचारप्रसारलाई आफ्नै वेवसाईट बनाउनबाट पछि हट्यो भ्रमण बर्ष सचिवालय, सव–डोमेन मार्फत काम गर्ने तयारी



काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० सचिवालयले सव–डोमेन राखेर काम गर्ने भएको छ । सचिवालयले निजी ट्रेकिङ कार्यालयको वेबसाइट राखेर केही समय अगाडी कर्मचारी माग गरेको थियो । उक्त समाचार बिजखबरमा प्रकाशित भए पछि सचिवालय संयोजक प्रमुख सुरज बैद्यले त्यसबारे जानकारी लिईरहेको बताएका थिए ।

सचिवालयको केन्द्र तोकेर काम कारवाही अगाडी बढाए पनि आफ्नै वेवसाईट नभए पछि अलमलमा परेकोे सचिवालयले अन्नत पर्यटन बोर्डको वेवसाईटमानै सव–डोमेन राखेर काम गर्ने भएको हो ।

सचिवालयका अनुसार काम गर्ने समय एक बर्ष मात्रै भएकाले आफ्नै वेव साईट नबनाई बोर्डकै वेवसाईटमा सव–डोमेन राखेर काम गर्न जानकारी दिएको छ । जसले गर्दा सचिवालयको समयसीमा समाप्त भए पनि पछि काम गर्न सजिलो होस भन्नका लागि सव–डोमेन राखेर काम गर्न लागेको हो ।

बोर्डकै वेवसाईटमा सचिवालयले nepal2020.org.npसव–डोमेन राख्ने काम भईरहेको र अबको एक हप्ता भित्रै उक्त सव–डोमेन संचालनमा ल्याउने गरी काम भईरहेको बताएको छ ।२०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित प्रचार प्रसारको लागि खोलिएको सचिवालयको वेबसाईट यस अघि खुला गर्दा उक्त वेवसाईट निजी ट्रेकिङ कम्पनीको भएको भेटिएको थियो ।

भ्रमणबर्षमा २० लाख पर्यटक भित्र्याउन प्रचार प्रसारलाई तिव्रता दिँदै सचिवालय गठन गरेर आफ्निै वेवसाईट बनाउने भन्दै कर्मचारी माग गरेपनि अन्तत नबनाउने निर्णय गरेको हो । सचिवालयको सो निर्णयसँगै प्रचारप्रसारमा समस्या पर्ने देखिएको छ ।

टेलिफोन विहिन सचिवालय

सचिवालयले एक हप्ता भित्रै कर्मचारी छनौट प्रकृया पुरा गरी कर्मचारी ब्यवस्थापन गर्ने र टेलिफोन समेत जडान गर्ने बताएको छ । उपराष्ट्रपति कार्यालयलाई ८ सेट टेलिफोन उपलब्ध गराए पनि आफुहरुलाई भने नेपाल टेलिकमले २ सेट फोन उपलब्ध गराउन समेत आनाकानी गरेको सचिवालयका एक कर्मचारीले गुनासो पोखेका छन ।

‘अफिसिएल काम हुन्छ संधै आफ्नै खल्तीबाट पैसा हालेर फोन गर्न पनि सकिदैन टेलिकमले दिँदैन,’ ती कर्मचारीले भने, ‘तर अब भने टेलिकमले २ सेट फोन जडान गरिदिने भएको छ ।’ बारम्बारको ताकेता पछि मात्रै टेलिकमले २ थान टेलिफोन सेट उपलब्ध गराउन सहमत भएको र ३ दिन भित्रै जडान कार्य हुने एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL