Logo

जस्तापाता किन्नका लागि २ अर्ब निकासा, प्रतिपरिवार १५ हजार रुपैयाँ

जस्तापाता किन्नका लागि २ अर्ब निकासा, प्रतिपरिवार १५ हजार रुपैयाँ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ जेठ, काठमाडौ। सरकारले भुकम्पमा परी घरवार विहिन भएकाहरुलाई जस्तापाता किन्नका लागि २ अर्ब रुपैयाँ दिएको छ । अर्थ मन्त्रालयले तत्कालका लागि २ अर्व रुपैयाँ निकासा दिएको बताएको छ ।

सरकारले गत हप्ता अस्थायी वसोवासका लागि जस्तापाता किन्नका लागि प्रति घरपरिवार १५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सोही अनुरुप पहिलो चरणमा २ अर्ब रुपैयाँ निकासा गरेको हो । अन्य रकम पनि क्रमश निकासा दिँदै जाने अर्थले जानकारी दिएको छ ।

सरकारी तथ्याङ्क अनुसार महाभुम्पमा परी झण्डै ४ लाख ९० हजार घर पूर्ण रुपमा क्षति भएको छ । उनीहरुलाई अस्थायी पुर्नवास गराउनका लागि जस्ता किन्नका लागि मात्रै झण्डै साढे ७ अर्ब रुपैयाँ लाग्नेछ ।

बैशाख १२ र २९ गते आएको भुकम्पमा परी देशभरका ४ लाख ९० हजार जति घर पूर्ण रुपमा क्षति भएको छ भने २ लाख ६७ हजार घर आंशिक रुपमा क्षति भएको सरकारी तथ्याङ्मा छ । यस्तै सरकारले आंशिक रुपमा क्षति भएका घरका लागि प्रतिघर २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ भने घर भत्केका परिवारका लागि स्थायी वसोवासका लागि २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

यस्तै मृतक परिवारलाई १ लाख ४० हजार रुपैयाँ दिएको छ भने घाइतेलाई उपचारका लागि २० हजार रुपैयाँ दिएको छ । राहत र पुनर्बासका लागि १ खर्व रुपैयाँभन्दा बढी रकम लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL