Logo

सरकारको प्राथमिकतामा आन्तरिक विमानस्थल निर्माण, नेपाली एयरलाईन्स जान चाहने देशसँग तत्काल हवाई सम्झौता

सरकारको प्राथमिकतामा आन्तरिक विमानस्थल निर्माण, नेपाली एयरलाईन्स जान चाहने देशसँग तत्काल हवाई सम्झौता



काठमाडौं । सरकारले आगामी बर्षमा आन्तरिक विमानस्थल निर्माण तथा स्तरोन्नतीलाई उच्च प्राथमिकता दिएको छ ।

laxmi

सरकारले आगामी आर्थिक बर्षमा उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ । सरकारले जोड दिएको आन्तरिक विमानस्थलहरुमा काभ्रेको नागीडाँडा र ठूलीचौर प्राथमिकतामा रहेको नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक राजन पोख्रेलले जानकारी दिएका छन ।

नागीडाँडामा आन्तरिक विमानस्थल बनाउन तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीको पहमा वातवरणिय प्रभाव मूल्याङकनका लागि बन मन्त्रालय अन्तरगतको वातवरण विभागमा पठाइएको थियो । लामो समय वितिसक्दा पनि सो कार्य अघि बढ्न सकेको छैन ।

त्यस्तै सरकारले आगामी आवमा पर्यटक आगमन हुने देशहरुसँग थप हवाई सेवा सम्झौता गर्ने भएको छ । सो कार्यका नेपाल वायुसेवा निगम, हिमालय एयरलाईन्सले कुन–कुन देशमा हवाई सेवा विस्तार गर्ने योजना बनाउँछन् सोही अनुरुप काम गर्ने पोख्रेलले जानकारी दिएका छन ।

तर सरकारले नयाँ हवाई प्रवेश बिन्दुहरूका लागि छिमेकी राष्ट्रहरूसँग समझदारी एवं सम्झौता गर्दैमा केही नहुने बताए । उनले भने, ‘हाम्रा एयरलाईन्सहरुले सो स्थानमा जाने तत्परता देखाउनु पर्यो सरकारले सोही अनुरुप काम गर्छ ।’

सरकारले अगामी आबको लागि हवाई क्षेत्रको लागि बजेट घटाएको छ । तर हाल निर्मार्णधिन अवस्थामा रहेको धेरै विमानस्थल अन्तिम चरणमा पुगेकाले बजेटको आकार सानो भएको सम्बद्ध अधिकारीहरु बताउँछन । हाल गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको छ भने पोखरा विमानस्थलको काम समेत तिब्र गतिमा अघि बढिरहेको छ ।

सरकारले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको पहिलो चरणको कार्य आगामी वर्ष सम्पन्न गरी अन्तरराष्ट्रिय उडान संचालन गर्न ३ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ भने पोखरा विमानस्थल निर्माणको लागि ८ अर्ब रुपैयाँ छुट्टयाएको छ ।

चालु आगामी आबका लागि हवाई क्षेत्रमा १५ अर्ब ८५ करोड रुपैयाँ मात्रै रकम विनियोजन गरेको छ । जुन चालू आबको भन्दा साढे ३ अर्ब रुपैयाँले घटि हो ।

प्रतिक्रिया दिनुहोस्
MBL