Logo

६ सय जनाले चढे सगरमाथा, आरोहणसँगै आधा दर्जन विश्व किर्तिमान

६ सय जनाले चढे सगरमाथा, आरोहणसँगै आधा दर्जन विश्व किर्तिमान



काठमाडौं । यस सिजनको हिमाल आरोहणको समय सकिन लाग्दा २०१९ को बसन्त ऋतुमा करिब ६ सय जनाले सगरमाथाको आरोण गरेका छन । यस सिजनमा आरोहीहरुले सगरमाथा लगायत अन्य हिमालको आरोहणको लागि कुल १ सय १८ समुहको ८ सय ९५ जनाले अनुमति लिएकोमा साढे ७ सय जनाले हिमाल चढेका छन् । यस सिजनको हिमाल आरोहणको समय यही शुक्रबार सकिँदैछ ।

laxmi

पर्यटन विभागका अनुसार आन्तरिक तथा बाह्य पर्यटकका साथै शेर्पा, सरदार, गाईड गरी करिब ६ सय जनाले सगरमाथा हिमालको आरोहण गरेका हुन् । त्यस्तै १ सयजना जतिले माकालु, लोत्से, अन्नपूर्णलगायतका हिमाल आरोहण गरेका विभागका शाखा अधिकृत मिरा आचार्यले जानकारी दिएकी छिन । तर, सो सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिएकि छिन् ।

हिमाल आरोहणसँगै आरोहीहरुले विभिन्न रेकर्ड समेत बनाएका छन । हिमचितुवाको उपनामले समेत चिनिने कामीरिता शेर्पाले विगतमा बनाएको आफ्नै रेकर्ड तोड्दै २४ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन । त्यस्तै उनले यहि सिजनमा एक हप्तामै दुई पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ किर्तिमान कायम गरेका छन् ।

यसैगरी दोलखाका लीलाबहादुर बस्नेत (छुम्दी) ले काठमाडौंबाटै हिडेर १ हप्तामा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर विश्व रेकर्ड राखेका छन । विगु गाउँपालिका १ लामाबगर निवासी ३७ बर्षिय बस्नेतले ७ दिनमा सगरमाथाको सफल आरोहण गरि फर्किएका हुन । उनी सेभेन समिट टे«क्समार्फत आरोहणका लागि सगरमाथा गएका थिए ।

रेकर्ड राख्ने अभियानमा एकल महिला समेत रहेकी छिन । सगरमाथा आरोहणको क्रममा आफनो पतिको निधन भए पछि पतिको सम्झनामा २ जना महिला निमा डोमा शेर्पा र फुर्दिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन । उनीहरुले आफ्नै मौलिक शेर्पा पहिरणमा सगरमाथाको आरोहण गरेका थिए ।

पर्यटन प्रवद्र्धन गर्न, विश्व शान्ति, मित्रता तथा यस क्षेत्रमा महिला सशक्तिकरणको उद्देश्यले एकै पटक ३ देशका ३ महिलाले सगरमाथाको सफल आरोहण गरेका छिन ।

आरोहण टोलीमा नेपालका तर्फबाट दुई पटक सगरमाथा आरोहण गरिसकेकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनको लियामु मा रहेका छन् । कान्छीमाया सगरमाथा सफलतापूर्वक आरोहण गर्ने प्रथम तामाङ महिला हुन् । टोलीको संयोजक समेत रहेकी भारतका कल्पना दासको भने फर्कने क्रममा मृत्यु भएको छ ।

नेपालको इतिहासमा सबै भन्दा बढी २०१३ मा करिब ७ सय भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन ब्यवसायी आङछिरीङ शेर्पाले जानकारी दिएका छन । २०१३ पछि १०१९ मा सबैभन्दा धेरै करिब ६ सय जनाले सगरमाथाको आरोहण गरेका हुन् ।

हिमाल आरोहणका क्रममा आरोहीहरुले छुट्टा छुट्टै रेकर्ड कायम गरे पनि बिभाग भने सो विषयमा अनविज्ञ रहेको छ । आरोहीहरुले अनुमतिमात्रै लिने र रेकर्डकै लागि जान्छु भनेर नभनेकाले आफुहरुसँग कसले के कस्तो रेकर्ड गरे भनेर सोको जानकारी नहुने आचार्यले जानकारी दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
MBL