Logo

बन्द भएका विमानस्थल संचालनमा ल्याउन स्थानीयको माग, १७ विमानस्थल गौचरणमा परिणत

बन्द भएका विमानस्थल संचालनमा ल्याउन स्थानीयको माग, १७ विमानस्थल गौचरणमा परिणत



काठमाडौं । झण्डै दुई दशकदेखि बन्द रहेको कन्चनपुरको मझगाउँ विमानस्थल अझै संचालनमा आउन सकेको छैन । आन्तरिक उडान गर्दै आईरहेको सो विमानस्थल सुरक्षाको कारण देखाउँदै २०५६ सालदेखि बन्द भएको थियो ।

उक्त विमानस्थल बन्द भए पछि त्यहाँका स्थानीयहरु धनगढीको गेटा र नेपालगञ्ज विमानस्थलबाट हवाईयात्रा गर्दै आईरहेका छन । सो विमानस्थल संचालनमा ल्याउन स्थानीय, नागरिक समाजलगायतले केही दिन यता सामाजिक संजालमार्फत समेत विमानस्थल सुचारु गर्न माग गरिरहेका छन ।

उक्त विमानस्थल संचालनमा ल्याउन बिभिन्न राजनीतिकदलहरुले चुनावी घोषणा बनाए पनि चुनाव पछि कुनै चासो नदेखाएकाले हाल सम्म संचालनमा नआएको स्थानीय राम बशादुर चन्दले जानकारी दिएका छन ।

स्थानीय प्रतिनिधिहरुले विमानस्थल सञ्चालनमा चासो नदिँदा मझगाउँ विमानस्थल, जिरी विमानस्थललगायत अन्य १७ ओटा विमानस्थल अहिले गौचरणमा परिणत भएको छ । बन्द भएका ति विमानस्थलहरु संचालनमा ल्याउन खोजे पनि प्राधिकरणले भने सडकसंजाल पुगेको भन्दै ति विमानस्थलहरुमा हवाई कम्पनीहरुले उडान नगरेको बताउँदै आएको छ ।

केही समय अगाडी स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जिरी विमानस्थललाई समेत स्तरोन्नती गरी संचालनमा ल्याउने बताएका थिए । तर, सरकारले संचालनमा ल्याएको सबै विमानस्थलमा जान नसकिने विमान कम्पनीहरुले बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL