Logo

त्रिभुवन विमानस्थल स्तरोन्नती : ११ सय ५५ मिटर कालोपत्रे सम्पन्न, ३ हजार ईलेक्ट्रिक डक राखियो

त्रिभुवन विमानस्थल स्तरोन्नती : ११ सय ५५ मिटर कालोपत्रे सम्पन्न, ३ हजार ईलेक्ट्रिक डक राखियो



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रनवेको पिचको काम ११ सय ५५ मिटर सम्पन्न भएको छ ।

उक्त रनवे रिह्यावको काम ३ महिना भित्रै सम्पन्न गर्ने लक्ष लिएको भए पनि जुन ३० भन्दा अगाडीनै सम्पन्न हुने विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएको छ ।

विमानस्थल रनवे पिचको काम समयमै सम्पन्न गर्न चीनीयाँ राजदुतले समेत आफ्ना ठेकेदार कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पाेरेशनलाई निर्देशन दिएका छन ।

विमानस्थल रनवेको पूर्णरूपमा मर्मतका लागि अप्रिल १ देखी दैनिक १० घण्टा बन्द हुँदै आएको छ । साथै उक्त विमानस्थलमा ३ हजार ईलेक्ट्रिक डक राख्ने काम भने सम्पन्न भईसकेको छ ।

उक्त विमानस्थल रनवे स्तरोन्नतिका लागि गत नोभेम्बरमा क्यानले चिनियाँ कम्पनीसँग निर्माण सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL