Logo

लालबन्दी–निजगढ रेलमार्गको टेण्डर खुलाउँदै बिभाग, बन तथा जग्गा मुआब्जको काम अन्तिम चरणमा

लालबन्दी–निजगढ रेलमार्गको टेण्डर खुलाउँदै बिभाग, बन तथा जग्गा मुआब्जको काम अन्तिम चरणमा



काठमाडौं । लालबन्दीदेखि निजगढसम्मको रेलमार्गको लागि टेण्डर हुने भएको छ । रेल विभागले हाल बन तथा जग्गाको मुआब्जको काम अन्तिम चरणमा पुगेको भन्दै टेण्डरको प्रकृया अगाडी बढाएको छ ।

विभागले यस अघिनै टेण्डर प्रकृयालाई अगाडी बढाएको जानकारी दिएपनि उक्त रेलमार्गको टेण्डर हुन सकेको थिएन । तर अहिले भने सबै काम अन्तिम चरणमा रहेकाले टेण्डर हुनेमा ढुक्क भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

विभागका अनुसार यस अघिनै उक्त रेलमार्गको टेण्डर गर्ने भनिए पनि जग्गाको मुआब्ज तथा त्यस क्षेत्रमा पर्ने रुख कटानको विषयले केही समय लागेकाले टेण्डरमा जान ढिलाई भएको हो ।

उक्त क्षेत्रमा पर्ने बनको रुख कटान गर्न उपभोक्ता लगायत सबैसँग छलफल गर्दा समय लागेकाले टेण्डर गर्न केही ढिला भएको हो तर अव छिट्टै हुन्छ मिश्रले भने । उनका अनुसार अबको एक दुई दिनमै फिल्डबाट प्रतिवेदन आउने र प्रतिवेदन आए पछि सो क्षेत्रको टेण्डर गर्ने भएको छ ।

लालबन्दीदेखि निजगढसम्म करिब ४० किलोमिटर रेलमार्गको लागि विभागले टेण्डर गर्नेछ । उक्त रेलमार्ग निर्माणको लागि विभागले ६ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरे पनि टेण्डर पछि मात्रै जानकारी हुने मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL