Logo

लक्ष्यभन्दा १ बर्ष अघि नै सम्पन्न भयो भेरी बबई डाईभर्सनको सुरुङ, प्रधानमन्त्रीले गरे ब्रेकथ्रु

लक्ष्यभन्दा १ बर्ष अघि नै सम्पन्न भयो भेरी बबई डाईभर्सनको सुरुङ, प्रधानमन्त्रीले गरे ब्रेकथ्रु



काठमाडौं । १२ हजार २ सय मिटर लामो राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाईभर्सनको सुरुङ आज ब्रेकथ्रु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयको १ बर्ष अगावै मंगलबार एक कार्यक्रमका बीच उक्त डाईभर्सनको सुरुङ ब्रेकथ्रु गरेका हुन ।

laxmi

चाईना ओभरसिज ईन्जिनियरिङ ग्रुप अफ कम्पनीले २०७६ को चैतमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको उक्त सुरुङको ब्रेकथ्रु आज भएको हो ।

नेपालमै पहिलोपल्ट प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टिबिएम) को प्रयोगले चिनियाँ कम्पनीले लक्ष्यभन्दा १ बर्ष अगावै उक्त आयोजनाको ब्रेक थ्रु गरेको हो ।

मेशिनले १२ हजार २ सय मिटर लामो सुरुङ १९ महिना १२ दिनमा ब्रेक थ्रु गरेको हो । मेशिनले २०७४ कात्तिकदेखि सुरुङ खन्ने काम गरेको थियो ।

उक्त सुरुङमार्ग विद्युत उत्पादनका साथै सिँचाईका लागि उपयोग गरिने भएको हो । उक्त आयोजनाबाट ४६ मेगावाट विद्युत उत्पादन गर्ने र बाँके र बर्दिया जिल्ला आसपासका झन्डै ५१ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाई सुविधा पुर्याईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL