Logo

नयाँ बर्षमा बैंकरदेखि व्यवसायीसम्मले थापे राष्ट्रपतिबाट पदक, कसले कुन पदक पाए ?

नयाँ बर्षमा बैंकरदेखि व्यवसायीसम्मले थापे राष्ट्रपतिबाट पदक, कसले कुन पदक पाए ?



काठमाडौं । नयाँ बर्षको अवसरमा सरकारले विभिन्न ब्यक्तिहरुलाई सम्मानस्वरुप पदक वितरण गरेको छ ।

laxmi

सरकारले विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै नयाँबर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयबाट पदक वितरण गरिएको हो ।

आर्थिक, व्यावसायिक तथा सहकारीसँग सम्बन्धित व्यक्तिहरुलाई सरकारले राष्ट्रिय पदक वितरण गरेको हो ।

सरकारले वितरण गरेको सुप्रवल जनसेवा श्री तृतीय पाउनेहरुमा व्यवसायीहरु हेमराज ढकाल, देवीप्रकाश भट्टचन, लोकमान्य गोल्छा, हरिभक्त शर्मा, केशव बडाल, मीनबहादुर गुरुङ, र राजेन्द्र मल्ल रहेका छन ।

जसमध्ये ढकाल र भट्टचन बैंक तथा व्यवसायी हुन भने बडान सहकारी आन्दोलनमा अगुवा हुन् । यसैगरी मल्ल व्यवसायी तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हुन भने शर्मा पनि व्यवसायी तथा नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हुन ।

award-rajendra-malla

त्यस्तै प्रवल जनसेवा श्री चतुर्थ पदक पाउनेमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाह, कृषि सहकारीका मीना ढकाल र उद्यमी निरु पुलामी रहेका छन ।

त्यस्तै, प्रवल जनसेवा श्री चतुर्थ पदक पाउनेमा रत्ननगर टाँडीका व्यवसायी दीपककुमार कर्माचार्य, यादवप्रसाद पाण्डे, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, तथा होटल संघ नेपालका अमरमान शाक्य रहेका छन । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले पनि सुप्रबल जनसेवा श्री पदक पाएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL