Logo

३ बर्षमा सरकारी भवनको पुनर्निर्माण प्रगति ६० प्रतिशतमात्रै, १६ ओटा विद्यालयको काम शुन्य

३ बर्षमा सरकारी भवनको पुनर्निर्माण प्रगति ६० प्रतिशतमात्रै, १६ ओटा विद्यालयको काम शुन्य



काठमाडौं । २०७२ सालको भुकम्पमा ध्वस्त भएका सरकारी भवनहरुको पुनर्निर्माण प्रगति ६० प्रतिशत भन्दा कम रहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयावधि सकिन २ बर्ष मात्रै बाकी रहेको छ । तर प्रधिकरण गठन भएको ३ बर्ष पुग्दा समेत पुनर्निर्माणले भने उल्लेख्य प्रगति गर्न नसकेको महालेखाको ५६ औं प्रतिवेदनले औंल्याएको छ ।

महालेखाको प्रतिवेदन अनुसार हाल सम्म सरकारी भवनहरुको भौतिक प्रगति ५९ दशमलब ७५, सामुदायिक विद्यालय ५५ दशमलब २५, स्वास्थ्य संस्था ५३ दशमलब ७१, सुरक्षा निकायका भवन १४ दशमलब ५८, पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरु १० दशमलब ४९ प्रतिशत मात्रै भएको छ ।

विश्व विद्यालय अन्तरगतका १६ ओटा विद्यालयहरुको भने हाल सम्म काम नै सुरु नभएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार उल्लेखित प्रगति नहुनुमा स्रोत साधन व्यवस्थापनमा समस्या, अन्तरनिकाय समन्वय एवं सहकार्य प्रभावकारी नहुनु, पुनर्निर्माण प्रक्रियामा अन्यौलता रहेकाले प्रगतिमा सुधार नभएको हो ।

स्रोत साधनको उचित व्यवस्थापन गर्ने र सरकारी एवं गैरसरकारी संस्थासँगको समन्वय प्रभावकारी बनाई पुनर्निर्माण कार्यलाई तीव्र बनाउन समेत महालेखाले सुझाव दिएको छ ।

प्राधिकरणको क्षेत्रगत योजना र वित्तीय प्रक्षेपणमा ३ वर्षमा शैक्षिक तथा स्वास्थ्य संस्था र ५ वर्षमा पुरातत्विक, सांस्कृतिक सम्पदा तथा सार्वजनिक भवनहरुको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL