Logo

मन्त्रीले दिएको डेटलाईन भित्र रेलमार्गको डीपीआर निर्माण गर्न सकिँदैन : विभाग

मन्त्रीले दिएको डेटलाईन भित्र रेलमार्गको डीपीआर निर्माण गर्न सकिँदैन : विभाग



काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न ७ देखी ८ महिना लाग्ने भएको छ ।

अप्रिल अन्तिमबाट सो रेलमार्गको डीपीआरको काम सुरु गर्ने भए पनि भौतिक पूर्वाधारको तथा यातायातमन्त्री रघुवीर महासेठले दिएको डेटलाईन भित्र तयार गर्न नसकिने रेल विभागले जानकारी दिएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘कहिले समय मिल्दैन, हामीले समय निकाले चाईनिजहरुको समय मिल्दैन दुबैको समय मिलेमा मात्रै पनि डीपीआर तयार गर्न ७ देखी ८ महिना लाग्छ ।’

उनका अनुसार अव केही दिनमा चौथो छलफलको लागि नेपाली टोली चीन जाने भएको छ । उक्त छलफल पछि मात्रै डीपीआरको काम सुरु हुन्छ ।

यस अघि चिनियाँ कम्पनीले काठमाण्डौं केरुङ रेलमार्गको सम्भाब्यता अध्ययन गरिसकेका छन ।
लगानी सम्मलेनमा बोल्दै मन्त्री महासेठले काठमाण्डौं केरुङ र काठमाडौं रक्सौल ब्रोडगेज रेलमार्गको डीपीआर ६ महिना भित्र सम्पन्न हुने बताएका थिए । तर काठमाडौं रक्सौलको भने पूर्व सम्भाव्यता अध्ययन नै सम्पन्न भई सकेको छैन ।

काठमाडौं रक्सौलको पूर्व सम्भाव्यता अध्ययन सक्न अझै केही समय लाग्छ मिश्रले भने । उनले भने, ‘अब हामीले मन्त्रीको कुरालाई नकार्न त सकिँदैन तर दिएको डेटलाईन भित्र काम भने सम्पन्न गर्न सकिँदैन ।’

काठमाडौं केरुङ रेलमार्ग करिब ७०÷७२ किलो मिटर होला तर काठमाडौं रक्सौल त्यसको डबल दुरीमा लामो छ कसरी सकिन्छ ६ महिना भित्रै डीपीआर मिश्रले भने ।

गत भदौ १७ गते नै काठमाडौं रक्सौल पूर्वसम्भाव्यता अध्ययन सकिएपछि मात्रै सम्भाव्यता अध्ययन तथा डीपीआर निर्माण गर्न नेपाल र भारतबीच सम्झौता भएको थियो । सम्झौता पछि पूर्वसम्भाव्यता अध्ययन थालेको भारत सरकारले अहिले सम्म सो काम पुरा गर्न सकेको छैन । मिश्रले भने, ‘जव सम्म अध्यनको काम सम्पन्न हुँदैन तव सम्म डीपीआरमा जाने कुरा भएन’ ।

विभागका अनुसार सामान्य आँकलनमा उक्त रेलमार्ग करिब १२० किलोमिटरदेखि १३० किलोमिटरसम्म हुने देखिएको छ । रेलमार्गमा करिब २० प्रतिशत सुरुङ र पुल रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL