Logo

ईथियोपियन एयरलाईन्स दुर्घटनापछि बोईङले बन्द गर्यो ७३७ म्याक्सको उत्पादन, अर्बौ डलरको अर्डर रद्द

ईथियोपियन एयरलाईन्स दुर्घटनापछि बोईङले बन्द गर्यो ७३७ म्याक्सको उत्पादन, अर्बौ डलरको अर्डर रद्द



काठमाडौं । ईन्डोनेसियन एयरलाईन कम्पनी गरुडाले बोईङ ७३७ म्याक्स ८ विमानको मल्टिबिलियन डलरको अर्डरहरु रद्द गरेको छ । ५ महिनाभित्र २ ओटा ठुला हवाई दुर्घटना भएपछि बोईङ आफ्नो उत्पादन ७३७ म्याक्स बोईङको उत्पादन बन्द गर्दै अर्डरहरु पनि रद्द गरेको हो ।

laxmi

‘हाम्रा यात्रुहरु म्याक्स ८ विमानमा चढ्न डराईसकेका छन,’ बोइङका प्रवक्ता ईक्सान रोशनले भने । सन २०१४ मा ‘ईन्डोनेसियन क्यारियर’ले ४ दशमलव ९ बिलियन डलरमा ५० ओटा प्लेन अर्डर गरेको थियो । हाल कम्पनीले सम्झौता अनुसार ईन्डोनेसियाको उक्त कम्पनीलाइ १ विमान उपलब्ध गराएको भएपनि अब बोईङ बिमान दिन नचाहेको पत्र पठाइसकेको छ ।

कम्पनीको सो निर्णय क्यारियर कम्पनीका लागि घातक सावित भएको छ । हालै ईथियोपियन एयरलाईन्सको एउटा विमान दुर्घटना भएसँगै कम्पनीले उत्पादन गरेका बोईङ ७३७ म्याक्स विमानलाई विश्वभर ग्राउन्डेड गरेको छ । कम्पनीको उक्त विमान सबैभन्दा बढी विक्री हुने यात्रु विमानमा पर्दछ ।

उक्त बोईङका प्रतिनिधिहरु मार्च २८ मा ईन्डोनेसियन क्यारियरसँगको सम्झौता रद्द गर्नका लागि जकार्ता जाने प्रवक्ता ईक्सादले जानकारी दिए ।

ईथियोपियन एयरलाईन्सको विमान दुर्घटना भएपछि विश्वभरका उड्डयन प्राधिकरणहरुले उक्त बोईङ ग्राउन्डेड गरेका छन । प्रायजसो देशले भने उक्त विमान दुर्घटनाको परिस्थितीबारे सम्पुर्ण वास्तविक कुरा बाहिर नआउँदासम्म ग्राउन्डेड जहाजहरु सन्चालनमा नल्याउने घोषणासमेत गरिसकेका छन ।

उक्त बोईङको ग्राउन्डिङमा मात्रै अर्बाै डलर खर्च हुने अनुमान गरिएको छ । कम्पनीका लागि ७३७ म्याक्स बोईङ एक महत्वपुर्ण उत्पादन थियो । कम्पनीमा हाल करिव ५ हजार ओटा विमानको लागि अर्डर आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL