Logo

विश्वकै पहिलो तैरिने डेरी फर्म, आँधीले पनि रोक्ने छैन दुध उत्पादन

विश्वकै पहिलो तैरिने डेरी फर्म, आँधीले पनि रोक्ने छैन दुध उत्पादन



काठमाडौं । नेदरल्यान्डको एक कम्पनीले राजधानी आम्सटर्डममा विश्वकै पहिलो तैरिने डेरी फर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ । उच्च प्रविधियुक्त उक्त फर्म राजधानी आम्सटर्डम भन्दा ५० माईल पर रोटरड्याम भन्ने स्थानमा हुनेछ । बेलाडन कम्पनीका सम्पत्ती विकास साझेदार वान विङगार्डेनका अनुसार ८९ फुट चौडाई र ८९ फुट लम्बाई भएको उक्त फर्मबाट दैनिकऔषत २ सय ११ ग्यालेन दुधउत्पादन हुनेछ ।


उक्त फर्ममा ४० ओटा गाई हुनेछन जुन नेदरल्याण्डको साना डेरी उद्योगमध्ये एकमा पर्नेछ ।
वान विङगार्डेन र उनकापति पिटर वान विनगार्डेन २०१२ मा न्युयोर्क सिटीमा घुम्न गएको बेलामा उक्त नयाँ प्रविधि सम्बन्धीआईडिया फुराएका थिए ।

उनीहरु न्युयोर्क सिटी घुमीरहेकै बेला बाढी तथा आँधीबेरी आउँदा जनजीवन नै अस्तव्यस्त भईरहेको बेला ताजा खाने कुराको हाहाकार भईरहेको थियो । त्यही समय बाढीका कारण चारैतिर पानी परेको देखेर पानी माथि पनि केही प्रविधिको साथमा उत्पादकत्व बढाउनुपर्छ भन्ने सोच आएको उनीहरुको भनाइ छ । त्यहिं सोंचबाट उक्त तैरिने डेरी फर्मको अवधारणा आएको हो ।


नयाँ अवधारणामा आधारित उक्त फर्मले बाढी, आँधीलगायतका समस्या पनि सहजै टर्ने उनीहरुको भनाई छ । उक्त फर्ममार्फत नै आफुले उत्पादन गरेको दुध विभिन्न स्थानमा पुर्याउने उनीहरुले जनाएका छन् । आँधी या बाढी आए पनि उक्त फर्म पानीको बहाव वा छालसँगै तलमाथी तैरिने गर्छ । उक्त विशेषताले नै फर्म भित्र वातावरणमा भएको जस्तोसुकै परिस्थितिमा पनि गुणस्तरयुक्त दुध उत्पादन गर्न सकिने छ ।


उक्त डेरी फर्मको पीँधको तलामा दुधलाई प्याकेजिङ गर्नका लागि मेशिनरी सामान राखिने छन । यस्तै फर्मकै दोस्रो तहमा भने गाई दुहुने रोबोट र गाईलाई राखिने छ । तेस्रो तलामा गाईका लागि खानेकुराका साथै घास उत्पादन हुनेछ ।


डेरीमा खपत हुने प्रायजसो बस्तुलाई तथा खेर जाने बस्तुलाई पुनःप्रयोग गर्ने व्यवस्था छ । जस्तै गाईले त्यहाँका स्थानीय बजारबाट खेर गएका अन्नहरु खानेछन र उनीहरुको मल मुत्रलाई फर्मकै घाँस उत्पादन तथा अन्य क्षेत्रमा पनि मलको रुपमा प्रयोग गरिने छ ।


उक्त फर्म सञ्चालनमा आएपछि कम्पनीले डेरी फर्म पनि सञ्चालनमा ल्याउने भएको छ । यस्तै कम्पनीले तैरिने कुखुरा फर्म र तैरिने ठाडो हरित गृहको योजना समेत बनाएको छ । कम्पनीले केही समयमै आफ्ना फर्म सिंगापुर तथा चीनमा समेत विस्तार गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL