Logo

लोकसभा निर्वाचनले सर्यो बुद्धको कोलकत्ता उडान, साढे दुई महिना पछि मात्र हुनेछ उडान

लोकसभा निर्वाचनले सर्यो बुद्धको कोलकत्ता उडान, साढे दुई महिना पछि मात्र हुनेछ उडान



काठमाडौं । बुद्ध एयरको भारतको कोलकत्ता उडानको मिति सरेको छ । भारतले लोकसभा निर्वाचनको मिति तोकेसँगै बुद्ध एयरको कोलकत्ता उडान मिति सरेको हो ।

बुद्धले यसअघि आगामी बैशाख २ गतेबाट कोलकाता उडान गर्ने उद्घोष गरेको थियो । तर, भारतले विभिन्न चरणमा गरी अप्रिल ११ देखि मे १९ सम्म लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ ।

लोकसभा निर्वाचनको कारण अकुपेन्सीमै असर पर्ने र जसका कारण संचालन खर्च मात्र बढ्न जाने भन्दै बुद्धले संचालन मिति नै पछि सारेको जानकारी दिएको छ । बुद्धका अनुसार अबका दिनमा जेठ १३ गतेबाट मात्रै उडान भर्ने भएको छ । जसमा उडान तालिका पहिलेकै रहेको छ ।

कम्पनीले हप्ताको ३ दिन अर्थात सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । कम्पनीका जहाज एटिआर ७२ मार्फत काठमाडौं कोलकाता उडान भर्ने र दुई तर्फी भाडादर भने २४ हजार रुपैयाँ कायम गरेको छ ।

कम्पनीले हाल अनलाईन टिकट समेत बुकिङको लागि खुला गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL