Logo

हिम पहिरोमा परेका ढकालको शव परिवारलाई बुझाउँदै, भिनसेन्ट ब्लुमको खोजीकार्य जारी

हिम पहिरोमा परेका ढकालको शव परिवारलाई बुझाउँदै, भिनसेन्ट ब्लुमको खोजीकार्य जारी



काठमाडौं । अन्नपुर्ण पदयात्रामा गएका अजय ढकालको हिम पहिरोमा परि मृत्य भएको छ । मनाङको क्याङ्दीमा हिम पहिरोजाँदा पदयात्रामा गएका ढकालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनिसँगै गएका नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुमभने अझै सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय मनाङले जानकारी दिएको छ । ट्रेकिङ गाइड रहेको धादिङका अजय ढकालको मृत्यु भएको र नेदरल्याण्डका नागरिक ब्लुम हराइरहेका छन् ।

मनाङको निस्याङ गाउँपालिका १ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङले जानकारी दिएको हो ।

मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझपख फेला परेको थियो । ढकालको शव पोष्टमार्टम गरेर शनिबार आफन्तलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL