Logo

काम गर्न नसकेपछि रानीपोखरीको पुनर्निर्माणबाट कामपालाई हटाईयो, बनाउने जिम्मा प्राधिकरणलाई

काम गर्न नसकेपछि रानीपोखरीको पुनर्निर्माणबाट कामपालाई हटाईयो, बनाउने जिम्मा प्राधिकरणलाई



काठमाडौं । रानीपोखरी पुनर्निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणले लिएको छ ।

माघ १४ गतेको मन्त्रिपरिषद बैठकले काठमाडौं महानगरपालिकालाई रानीपोखरी पुनर्निर्माण गर्नका लागि ३ बर्षअघि नै जिम्मा दिएपनि सोही अनुसार काम गर्न नसकेको भन्दै पुनर्निर्माण प्राधिकरणलाई पुनर्निर्माणको जिम्मा दिएको हो ।

काठमाडौं महानगरपालिकाले ३ बर्ष अघि रानीपोखरी पुनर्निर्माण गर्ने जिम्मा पाएपनि विभिन्न विरोधका कारण पुनर्निर्माण गर्न सकेको थिएन । रानीपोखरी पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकालाई जिम्मा दिँदा राष्ट्रपती विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन ।

पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदाय लगायतसँगको परामर्श र समन्वयमा रानीपोखरी प्रताप मल्लकालीन शैलीमा नै निर्माण हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार विभिन्न निकाय तथा सरोकारवालाहरुसँगको सहकार्यमा रानीपोखरीको बिचमा रहेको मन्दिर ग्रन्थकुट शिखर शैलीमा पुनर्निर्माण गर्ने निर्णय भएकोे छ । यस्तै रानीपोखरीको वरीपरीको भाग पनि प्रताप मल्लकालीन शैलीमा निर्माण हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL