Logo

स्मार्टको ‘रोल आउट प्लान’ प्राधिकरणद्वारा फिर्ता

स्मार्टको ‘रोल आउट प्लान’ प्राधिकरणद्वारा फिर्ता


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

२८ चैत, काठमाडौं । दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमले बुझाएको रोलआउट प्लान फिर्ता पठाएको छ । स्मार्टले बुझाएको सो प्लान तथा प्रगती विवरण चित्त बुझ्दो नभएपछि फिर्ता पठाएको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए ।

उनका अनुसार आगामी १ हप्ताभित्र सो प्लानको फम्र्याट (प्राधिकरणले उपलब्ध गराएको खाका) तयार गरी पुःन बुझाउन निर्देशन दिइएको उनले जानकारी दिए । ‘स्मार्टलाई एउटा खाकामा प्रगति विवरण र रोल आउट प्लान तयार गरि बैशाख २ गते भित्र बुझाउन निर्देशन दिएका छौं,’ उनले भने ।

अघिल्लो पटक प्राधिकरणले स्मार्ट टेलिकमलाई चैत २३ गते भित्र रोल आउट प्लान बुझाउन निर्देशन दिएको थियो । तर, उसले २ दिन ढिला गरी २५ गते मात्र सो विवरण बुझाएको थियो । प्राधिकरणले सो विवरण असपष्ट भएको भन्दै फिर्ता पठाएको हो ।

स्मार्टलाई प्राधिकरणको गत चैत ८ मा बसेको बोर्ड बैठकले २ साताभित्र हालसम्मको प्रगति विवरण र आगामी वर्षको रोलआउट प्लान बुझाउन निर्देशन दिएको थियो । २ वर्षअघि युनिफाइड लाइसेन्स लिएको स्मार्टको काम सन्तोषजनक नभएपछि उक्त विवरण बुझाउन निर्देशन दिइएको प्राधिकरणले जानकारी दिएको छ ।

यससँगै प्राधिकरणले स्मार्टको हालसम्मको प्रगति विवरण तथा आगामी योजनाका आधारमा युनिफाइड लाइसेन्स सम्बन्धमा थप निर्णय गर्ने बताएको छ । २ बर्षअघि युनिफाइड लाइसेन्स लिए पनि स्मार्टले हालसम्म सेवा दिन सकेको छैन ।

त्यस्तै, व्यवस्थापन र कर्मचारीबीचको आन्तरिक मनमुटावका कारण लामो समयदेखि सेवा अवरुद्ध गरेको युटिएलले आफ्ना ग्राहकलाई क्षतिपूर्ती दिने भएको छ । हालसम्म कुनै पनि दुरसञ्चार सेवा प्रदायकले यस्तो क्षतिपूर्ती उपलब्ध गराएको थिएन । प्राधिकरणले सेवाको प्रकृति अनुसार कम्पनीका उपभोक्तालाई क्षतिपूर्ती उपलब्ध गराउन लागेको हो ।

क्षतिपुर्तीमा १ महिना निशुल्क कलदेखि सेवा बन्द रहेको अवधिको भ्यालिडिटिमा थप्ने प्रस्ताव गर्न लागिएको छ । पोष्टपेड उपभोक्तालाई १ महिना निशुल्क सेवा र प्रिपेड ग्राहकलाई १ महिनाको भ्यालिडीटी उपलब्ध गराउने बारे छलफल भएको प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL