Logo

३ अर्बमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस सुन्तली फाउण्डेशनको घोषणा, जग्गा प्राप्ती सम्झौता

३ अर्बमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस सुन्तली फाउण्डेशनको घोषणा, जग्गा प्राप्ती सम्झौता



काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जग्गा प्राप्ती गर्ने सम्झौता भएको छ । बुधबार एक विशेष कार्यक्रमकाबीच जग्गा प्राप्ती सम्बन्धी सम्झौता भएको हो ।

बुधबार जग्गा प्राप्तीसम्बन्धी सम्झौता भएसँगै फाउण्डेशनले भरतपुरमा गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको हो । सम्झौता अनुसार भरतपुरमा रहेको २० विगाह ८ कठ्ठा क्षेत्रफलमा सो रंगशाला निर्माण गरिने सो महानगरपालिकाका मेयर रेणु दाहालले जानकारी दिईन ।

फाउण्डेशनले ३ अर्ब रुपैयाँको लागतमा गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेको हो । सो लागत देश–विदेशमा रहेका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट जुटाइने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए । रंगशाला निर्माण घोषणा तथा जग्गा प्राप्ती सम्बन्धी कार्यक्रममै पनि व्यवसायी तथा अन्य क्षेत्रमा व्यक्तिहरुले आर्थिक सहयोगको घोषणा गरेका छन् । साथै रंगशालालाई २ बर्षभित्र निर्माण सम्पन्न गरी महानगरपालिकालाई हस्तान्तरण गरिने समेत धुर्मुसुले जानकारी दिए ।

फाउन्डेशनले रंगशाला निर्माणको लागि थ्री डी डिजाईन समेत तयार पारेको छ । अब तत्काल गुरुयोजना तयार गरी निर्माणकार्य थालनी गरिने समेत उनले जानकारी दिए । सो रंगशालामा ३० हजार दर्शक अट्ने क्षमता हुनेछ ।

उक्त घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला, व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL