Logo

शिखर शुको ग्राण्ड सेल मेलामा उपभोक्ताको भिड, न्युनतम १५ प्रतिशतदेखि असिमित छुट

शिखर शुको ग्राण्ड सेल मेलामा उपभोक्ताको भिड, न्युनतम १५ प्रतिशतदेखि असिमित छुट



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी शिखर सुजको ग्राण्ड सेल मेलामा उपभोक्ताको भिड लागेको छ । कम्नपीले सबै बर्गका उपभोक्तालाई लक्षित गरी संचालनमा ल्याएको एकल सेल मेलामा जुत्ता तथा चप्पल खरिद गर्ने ग्राहकको एकदमै भिड लागेको छ ।

मेलामा आएका ग्राहकहरुले एकै व्यक्तिले ५ देखि १० जोरसम्म जुत्ता खरिद गर्ने गरेका छन् । ‘मेलामा सोचेभन्दा एकदमै सस्तो मूल्यमा जुत्ता तथा चप्पल पाइयो,’ मेलामा आएका बालाजुका शिव न्यौपानेले भने, ‘एक जोर जुत्ता खरिद गर्ने सोचमा आएको थिए सस्तो र राम्रो पाएपछि ६ जोर जुत्ता खरिद गरे ।’

मेलामा आएर धेरै जुत्ता खरिद गर्ने न्यौपाने त प्रतिनिधि पात्र मात्र हुन् । न्यौपानेले जस्तै शिखर शुको एकल सेल मेलामा आएका धेरै जसोले ४।५ जोर जुत्ता खरिद गरेका थिए । मेलामा आफ्नो साईज अनुसार विभिन्न मोडलमा जुत्ता चप्पल छानीछानी खरिद गर्न मिल्ने भएकाले शिखर शुमा आएका अर्का एक ग्राहकले जानकारी दिए ।

मेलामा धेरे मोडलका स्कुल शु, पार्टी शु देखि स्पोर्ट शुसमेत रहेकाले मेलामा आउने उपभोक्ताहरुले ४र५ जोर जुत्ता खरिद गर्ने गरेको शिखर सुजकी संचालिका संगिता कडरिया प्रसाईंले जानकारी दिईन् । साथै महिलाका लागि आकर्षक, जाडोका लागि उपयुक्त र फेसनेवल बेली जुत्ता समेत शिखर शुले मेलामा राखेको छ ।

मेलामा १ सय ७५ रुपैयाँदेखि ८ हजार ५ सय सम्ममा जुत्ता तथा चप्पल रहेका छन् । ती जुत्ताहरुमा न्युनतम १५ प्रतिशतदेखि असिमित छुट रहेको समेत कम्पनीले जानकारी दिएको छ । कम्पनीले ग्राण्ड सेल मेलामा सोलको मूल्यमा जुत्ता उपलब्ध गराएको समेत जानकारी दिएको छ । शिखर शुले विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका नयाँ डिजाईनका पार्टी शुज समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL