Logo

जाईकाले गर्यो सुन्दरीजलको पानी प्रशोधन केन्द्रको काम सम्पन्न, एडीबीको भने बाँकी

जाईकाले गर्यो सुन्दरीजलको पानी प्रशोधन केन्द्रको काम सम्पन्न, एडीबीको भने बाँकी



काठमाडौं । इटालियन कम्पनी (सिएमसी) ले काम छोडे पछि अलपत्र परेको मेलम्ची आयोजना अन्तरर्गत सुन्दरीजलको भने काम भईरहेको छ ।

जाईका अन्तरर्गत सुन्दरीजलको पानी प्रशोधन केन्द्रको काम भने तिब्र गतिमा भईरहेको आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेन्द्र प्रसाद पन्तले जानकारी दिएका छन । उनका अनुसार जाईकाको सहयोगमा बनेको करिब साढे ८ करोड लिटरको उक्त केन्द्रको काम भने शत प्रतिशत सम्पन्न भएको हो ।

त्यस्तै एशियाली बिकास बैंक (एडीबी) को सहयोगमा बन्न लागेको सोही बराबरको अर्को प्रशोधन केन्द्रको भने भर्खर ६० प्रतिशत मात्रै काम भएको पन्तले बिजखबरलाई जानकारी दिएको छ ।

एडीबीको करिब १७ मिलियन डलर र नेपाल सरकारको ८ मिलियन डलरमा बन्न लागेको उक्त प्रशोधन केन्द्रमा मेलम्चीको पानी ल्याएर प्रशोधन गरि सके पछि मात्रै काठमाडौंबासीलाई वितरण हुने छ ।

पटक पटक मेलम्चीको पानी काठमाडौंबासीलाई वितरण गर्ने आश्वाशन दिँदै आएका मन्त्री लगायतले पछिल्लो समय भने समय सिमा तोक्न छाडिसकेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिन अगाडी सार्वजनिक कार्यक्रममा बोल्दै मेलम्चीले जापानिज कारको गति लिईरहेको बताए पनि काम भने अहिले ठप्प रहेको छ ।

मेलम्ची खानेपानी आयोजनाका मुख्य ठेकेदार सिएमसीले कम्पनी डुबेको भन्दै भाग्न खोजे पछि आयोजनाको काम ठप्प भईरहेको छ ।
आयोजनाका ठेकेदार केही समय अगाडी क्रिसमस मनाउन स्वदेश गए पनि हाल सम्म नेपाल फर्केको छैन मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले भने । ठेकेदार आज भोलिनै आउनु पर्ने हो तर आईपुगेको छैन सुवेदीले भने ।

पाटन उच्च अदालतले धरौटी रोक्का गरे पछि सिएमसी नआएर कहाँ जान्छ उ जसरी भए पनि आउँछ तर कहिले आउने हो त्यो भने भन्न सकिने अवस्था छैन सुवेदीले बिजखबरलाई भने ।

अदालतले भने सिएमसीले काम छोडेको करिब ११ दिन पछि आयोजनाको पक्षमा आदेश दिँदै ठेकेदार कम्पनीको धरौटी रोक्का गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL