Logo

वाईडबडी खरिद प्रकरण प्रभाव : बोईङ ५७५ बिक्री गर्ने निर्णयबाट हच्क्यो निगम

वाईडबडी खरिद प्रकरण प्रभाव : बोईङ ५७५ बिक्री गर्ने निर्णयबाट हच्क्यो निगम



काठमाडौं । नेपाल वायुसेवा निगम बोइङ बेच्ने निर्णयबाट पछि हटेको छ । करिब २ महिना देखी मलेसियामा ग्राउण्डेड रहेको बोईङ ५७५ जहाज बेच्ने निर्णयमा निगम पुगेको थियो ।

तर पछिल्लो घटनाक्रमले गर्दा निगम पछि हटेको निगमका एक उच्च अधिकारीले जानकारी दिएका छन । ‘नेपालमा काम गर्ने वातवरण छैन वाईडबडी ल्याउँदा यो हाल भो भोली बोईङको विषयमा पनि यस्तै नहोला भन्न सकिन्न,’ उनले भने ।

तर अहिले उक्त जहाज बेच्ने कि नबेच्ने भनेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र समेत पठाई सकेको ति अधिकारीले बिजखबरलाई जानकारी दिएका छन ।

निगमको बोईङ बेच्नको लागि मूल्याङकन समेत भईसकेको थियो । तर अहिलेको यो अवस्थामा हामी कसरी त्यो बोईङ बेच्न सक्छौं र ? अहिलेको अवस्थामा बेच्न सकेको भए राम्रो पैसा आउने थियो तर सकेनौ अव कौडीको भाउमा जान्छ ति अधिकारीले गुनासो पोखे ।

उक्त जहाज बिक्री गर्ने व्यस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृति गरी करिब ७६ करोडरुपैयाँको मूल्याङकन समेत भएको थियो । अन्तरराष्ट्रिय उडानको १ सय ९० सिट क्षमताको बोइङ ७५७ हाल मलेसियामा ग्राउण्डेड रहेको छ ।

जहाजमा बारम्बार समस्या आइरहने र मर्मतमा भएको अधिक खर्च धान्नै नसक्ने निष्कर्ष निकाल्दै निगमले जहाज बिक्री गर्ने निर्णय गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL