Logo

नेकपाका ४३ नेताले गरे प्राधिकरणका अध्यक्ष झाको बर्खास्तीको माग, भ्रष्टचारी भएको आरोप

नेकपाका ४३ नेताले गरे प्राधिकरणका अध्यक्ष झाको बर्खास्तीको माग, भ्रष्टचारी भएको आरोप



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ४३ जना नेताले नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको बर्खास्तीको माग गरेका छन । नेकपाले भ्रष्टचारबारे शुन्य सहनशिलता नीतिको शुरुमै घोषणा गरेको भएपनि सोही अनुसार विभिन्न पदहरुमा नियुक्त नभएको भन्दै पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाउँदै उनको बर्खास्तीको माग गरेका हुन ।

पार्टी अध्यक्ष दुबै जनाले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताएको सम्झदै नेताहरु विरोध खतिवडा, यदुवंस झा, डा. विजय गुरुङ, रामकुमारी झाक्री, ठाकु गैरे, लगायत ४३ नेताहरुले उक्त पत्र अध्यक्षलाई पठाएका हुन । उनिहरुले दिगम्बर झा र उनीजस्ता अन्य विवादितहरुलाई पनि तुरुन्त पदबाट बर्खास्त गर्न माग गरेका छन ।

पहिलोपटक विसं २०६९ मा अध्यक्ष नियुक्त भएका झा विरुद्ध अदालतमा मुद्धा दायर पछि प्राधिकरण अध्यक्ष विहिन हुन पुगेको थियो । मेकानिकल इन्जिनियरलाई दूरसञ्चार क्षेत्रको जिम्मेवारी दिन नहुने भन्दै मुद्धा दायर भएको थियो । उक्त मुद्धामा दुई वर्षपछि झाको पक्षमा अन्तरिम आदेश आएपछि उनले नै प्राधिकरणको जिम्मेवारी बहन गर्दै आएका थिए ।

गत वर्ष पाँच वर्षे कार्यकाल समाप्त भएपनि शेरबहादुर देउवा सरकारले उनैलाई निरन्तरता दिने निर्णय गरेको थियो । पछि केपी शर्मा ओली सरकारले निर्वाचन आचारसंहिता लागु भएपछि देउवा सरकारले गरेका सबै नियुक्ति खारेजी गर्ने निर्णय गरेपछि झा पनि बर्खास्तीमा परेका थिए । ओली सरकारको उक्त निर्णय विरुद्ध झा सर्र्वोच्च अदालत गएपछि उनले पुनः अन्तरिम आदेश पाएका थिए । तर, पछि आश्चर्यजनक रुपमा उनले आफ्नो मुद्धा फिर्ता लिएको घोषणा गरेका थिए । अध्यक्ष झा तेस्रो कार्यकालका लागि भदौमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL