Logo

सेयर बजारमा सुरु भयो चलखेल, सिमित व्यक्तिको स्वार्थमा यसरी ठगिँदैछन् लगानीकर्ता

सेयर बजारमा सुरु भयो चलखेल, सिमित व्यक्तिको स्वार्थमा यसरी ठगिँदैछन् लगानीकर्ता



काठमाडौं । लामो समयदेखि वियरिस ट्रेण्ड समातेको नेप्से परिसुचक पछिल्लो समय थप अस्थिर बनेको छ । सेयर बजार वृद्धिको माग राख्दै अनशनमा बसेका केही लगानीकर्ता र पूँजी बजार सुधारका लागि सरकारले उच्चस्तरीय अध्ययन समिति गठन गरेसँगै हल्लैहल्लाको भरमा बजार उच्च रुपमा बजार अकासिएको छ ।

पछिल्लो समय दैनिकजसो दोहोरो अंकले बढेको बजारमा राम्रो प्रतिफल दिएका तथा प्रति सेयर आम्दानी राम्रो भएको कम्पनीको सेयर स्थिर जस्तै छ भने नराम्रा र प्रतिसेयर आम्दानी नकारात्मक भएको कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतको वृद्धि समातेको छ । सरकारले गठन गरेको पूँजी बजार सुधारको लागि गठन गरेको उच्च स्तरीय अध्ययन समिति र बजार वृद्धिको माग राख्दै अनशनमा वसेको लगानीकर्ताका कारण सेयर बजारमा सिमिति समुहले फाइदा उठाउन थालेका छन् ।

अहिले सेयर लगानीकर्ताको हकहितका लागि खुलेका पूँजीबजार सम्बन्धी विभिन्न ४ वटा संस्था छन् । तीमध्ये नेपाल इन्भेष्टर्स फोरम र पूँजी बजार लगानीकर्ता संघ सरकारको पछि लागेर हिडेको छ भने अन्य दुई संस्था ठिक त्यसको विपरित आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका लगानीकर्ताले सोमबारदेखि आमरण अनशन नै बसेका छन् ।

नेपाल जबजब पूँजी बजार सुधारका लागि अन्दोलन तथा सुधारका प्रयास हुन्छ त्यससँगै चलखेल सुरु हून्छ र सिमित स्वार्थ समुहले मात्र त्यसबाट लाभ लिइरहेका हुन्छन् । त्यसको ज्वलन्त उदाहरण आईतबार, सोमबार र मंगलबारको सेयर कारोबारलाई लिन सकिन्छ । जहाँ प्रतिसेयर आम्दानी नै नकारात्मक भएको आरम्भ माइक्रो फाइनान्सको सेयर दुबै दिन लगातार १० प्रतिशतले बढेको छ ।

यसैगरी प्रति सेयर आम्दानी ११ प्रतिशतले नकारात्मक रहेको नेपाल सेवा लघुवित्त पनि दुबै दिन उच्च कमाउने कम्पनीमा परेको छ । प्रतिसेयर बजार मूल्य ९११ रुपैयाँ रहेर प्रतिसेयर आम्दानी ४ दशमलव ९७ प्रतिशत मात्र रहेको कालिका लघुवित्तको पनि दुबै दिन सेयर १० प्रतिशतले बढ्दै उच्च कमाउने कम्पनीमा परेको छ । यसैगरी मिर्रमिरे लघुवित्तीय संस्था, आजसम्म आफ्नो अडिट समेत राम्रोसँग गराउने नसकेको राष्ट्रिय बीमा कम्पनी, आरम्भ माइक्रो फाइनान्सजस्ता कम्पनीको धेरै कित्ता सेयर कारोबार गराउँदै उच्च रुपमा बढाएका छन् ।

बजार सुधारको नाममा अध्ययन समिति होस वा आन्दोलनले गर्दा बजारमा सिमित समुहको वर्चस्व भएको कम्पनीको सेयरलाई अनावश्यक रुपमा बढाएर सोझा लगानीकर्तालाई फसाउने काम भएको छ । इन्साईडर ट्रेडिङ हाबी भएको नेपाली पूँजी बजारमा जहिले पनि सिमित स्वार्थ समुहले कमाउने र लाखौं सोझासिधा लगानीकर्ताले गुमाउँदै आएका छन् । उनीहरुलै त्यस्ता कम्पनीको थोरै कित्ता सेयर कारोबार गराउँदै दैनिक १० प्रतिशतका दरले मूल्य बढाएर सोझा लगानीकर्तालाई आकर्षित गर्दै आएका छन् ।

पूँजी बजार सुधार भन्दै सिमित स्वार्थ समुहले उठाएका मागमा सरकार लचक हुने तर वास्तविक पूँजी बजार सुधारका लागि नीतिगत तहमा कुनै काम नहुँदा पछिल्लो समय सेयर बजार थप अस्थिर र सिमित व्यक्तिको कब्जामा परेको छ । गतहप्तादेखि दोहोरो अंकले बढेको बजारमा केही सिमित व्यक्तिको कब्जामा रहेको कम्पनीको सेयर उच्च रुपका बढ्नु र राम्रो प्रतिफल दिएका बाणिज्य बैंक तथा विकास बैंकको सेयर मूल्यमा खासै फरक नआउनु पनि यसैको ज्वलन्त उदाहरण मान्न सकिन्छ । यदि आगामी दिनमा पनि सेयर बजार यसरी नै अघि बढ्ने हो भने यसलाई जुवाघरको उपमा दिदा फरक नपर्ने सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

सेयर मूल्य बजारमा माग र पूर्तिको तयार हुनुपर्छ । सोही अनुरुप बजारमा समयसापेक्ष घटवढ हुने गर्दछ । तर नेपालमा जब सेयर बजार ओरालो लाग्न थाल्छ तब लगानीकर्ताहरु अराजब रुपमा हान्ने साढेझै आन्दोलनमा उत्रन थाल्छन् । उनीहरु सेयर बजार बढाउनका लागि मान्छे पिट्न समेत पछि हट्दैनन् । सेयर मूल्य माग र पूर्तिको आधारमा तय हुन्छ भन्ने सामान्य सिद्धान्त थाहा हुँदाहुँदै पनि सरकारले आन्दोलनकारी लगानीकर्तामो माग सम्बोधन गर्न वाता तथा समिति गठन गर्नाले पनि आन्दोलनकारी लगानीकर्तालाई थप मलजल गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL