Logo

जयनगर–जनकपुर आफ्नै रेल संचालन गर्ने सरकारको तयारी, २ वटा रेल खरिद प्रकृया अघी बढ्यो

जयनगर–जनकपुर आफ्नै रेल संचालन गर्ने सरकारको तयारी, २ वटा रेल खरिद प्रकृया अघी बढ्यो



काठमाडौं । नेपाल सरकारले भारतको जयनगर देखी जनकपूरको कुर्था सम्म चल्ने रेलको लागि २ सेट रेल खरिद गर्ने भएको छ । रेल विभागले रेल खरिदको लागि प्रकृया अगाडी बढाईसकेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

जयनगर देखी जनकपूरको कुर्था सम्मको निर्माण प्रकृया अन्तिम चरणमा पुगेको भन्दै विभागले रेल खरिद प्रकृयालाई समेत अगाडी बढाएको हो । अहिले २ सेट रेल खरिद गर्ने र एक सेटबाट एक पटकमा कम्तीमा पनि ४ सय जनाले यात्रा गर्न सक्ने मिश्रले जानकारी दिएका छन ।
इन्जिन सहित ४ देखि ५ वटा सम्म डिब्बा रहने सो ट्रेनसेटको मूल्य भने एक सेटको करिब ५० देखि ६० करोड रुपैयाँ पर्न सक्ने विभागले अनुमान गरेको छ ।

रेल खरिद गरेर संचालनमा ल्याए पनि उक्त रेल संचालनको लागि दक्ष जनशक्ति भने आउटसोर्सिङ गर्ने भएको छ । विभागले २ वर्षको लागि दक्ष जनशक्ति आउटसोर्सिङ गर्ने बताउँदै आए पनि हाललाई १ वर्षको लागि मात्रै आउटसोर्सिङ गर्ने विभागका महानिर्देशक मिश्रले जानकारी दिएका छन ।

जयनगर देखि कुर्थासम्मको ३५ किलो मिटर ब्रोडगेजको रेलमार्ग निर्माणको अन्तिम चरणमा रहेकाले रङरोगन लगायतको काम मात्रै बाँकी रहेको विभागले जानकारी दिएको छ । विभागका अनुसार अवको करिब १०–१५ दिनमा सबै काम सम्पन्न हुने र उक्त रेलमार्गको मंसिर महिना भित्रै अपरेशन हुनेछ ।

भारतको जयनगर देखी जनकपूर हुँदै कुर्था सम्म रेल आए पनि अहिलेनै सर्वसाधरणले भने उक्त रेल चढन नपाउने भएका छन । अपरेशनको तयारी भारतसरकारले गरे पनि सो रेलमार्ग पुर्ण तयारी भए पछि नेपाल सरकारलाई भारतसरकारले हस्तान्तरण गर्नु पर्ने भएकाले सर्वसाधरणले रेल चढन अझै केहि समय लाग्ने विभागका महानिर्देशक मिश्रले जानकारी दिएका हुन ।

अहिले नेपाल सरकार सँग रेल संचालनको लागि दक्ष जनशक्ती नभएकै कारण भाडामा रेल संचालन गर्ने विभागले बताउँदै आएको थियो तर अव सरकारले आफ्नै रेल खरिद गरेर संचालनमा ल्याउने भए पछि मेनपावरमात्रै आउटसोर्सिङ गर्ने विभागले जानकारी दिएको छ ।

न्यारो गेजमा बनाएको उक्त रेलमार्ग न्यारो गेजलाई हटाएर ब्रोडगेजका रुपमा भारतीय कम्पनी इर्कन इन्टरनेसनलले विस्तार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL