Logo

तिहारलाई २ लाख मखमली माला निर्यात गर्दै व्यवसायी, यूरोप अमेरिका र खाडीमा पठाईने

तिहारलाई २ लाख मखमली माला निर्यात गर्दै व्यवसायी, यूरोप अमेरिका र खाडीमा पठाईने



काठमाडौं । यस वर्षको भाईटिकामा नेपालबाट मखमली फूलको माला निर्यात गरिने भएको छ । तिहारका लागि भारत लगायतका मुलुकबाट माला आयात गर्दै आएका नेपाली व्यवसायीले तिहारमा भने २ लाख मखमली माला निर्यात गर्ने भएका हुन् ।

विशेषगरी युरोप, अमेरिका, खाडीमुलक लगायतका क्षेत्रमा रहेका नेपालीहरुलाई लक्षित गर्दै नेपालबाट करिब २ लाख मखमली माला निर्यात गर्न लागेको फ्लोरीकल्चर एशोसिएसन नेपालका बरिष्ठ उपाध्याक्ष मिनबहादुर तामाङले जानकारी दिएका छन ।

उनका अनुसार ब्यवसायिक हिसावले करिब २२ लाख माला नेपालमा खपत हुनेछ । मखमली फूलको माला मात्रै ५ लाखको हाराहारीमा खपत हुने र करिब १५ लाख सयपत्रीमाला खपत हुने उनले जानकारी दिएका छन ।

१५ लाख सयपत्री फूलको माला मध्ये २० प्रतिशत माला भने भारतबाट आयात गरिने भएको छ । नेपाली क्यालेण्डर अनुसार गतवर्षको भन्दा यस वर्ष तिहार ढिला भएकाले ब्यवसायीहरुले लगाएको फूल सुकेर जाने भएकाले २० प्रतिशत सयपत्री आयात गर्नु परेको उनले बताए ।

उनका अनुसार नेपालमा २२ लाख मात्रै नभएर करिब २५ देखि ३० लाखको हाराहारीमा फूलको खपत हुन्छ तर ति सबै कारोबारमा आउँदैनन् । गाउँघरमा प्रयोग गरिने फूलको कारोबारमा नआउने भएकाले ब्यवसायिक रुपमा २२ लाख फूलको मात्रै कारोबार हुने तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL