Logo

मेलम्चीको प्यासमा तड्पिँदै काठमाडौंबासी, तिहारमा पनि पानी नआउने पक्का, हेडबक्स र डाईभर्सनको काम अझै बाँकी

मेलम्चीको प्यासमा तड्पिँदै काठमाडौंबासी, तिहारमा पनि पानी नआउने पक्का, हेडबक्स र डाईभर्सनको काम अझै बाँकी



काठमाडौं । दशैं अगाडी नै ल्याउने भनिएको मेलम्ची खानेपानी तिहार पछि पनि नआउने पक्का भएको छ ।

खानेपानी मन्त्री बिनामगरले काठमाडौंबासीलाई दशैं अगाडीनै मेलम्चीको पानी वितरण गर्ने घोषणा गरेकी थिईन । तर हालसम्म काठमाडौंसम्म ल्याउने पानीको मुख्य हेडबक्स र पाईप डाईभर्सनको काम समेत शुरु हुन सकेको छैन ।

आयोजनाको सिनियर डिभिजन ईन्जिनियर राजेन्द्रप्रसाद पन्तले तिहार पछि मात्रै मुख्य हेडबक्स र पाईप डाईभर्सनको काम सुरु हुने विजखबरलाई जानकारी दिएका छन ।

मेलम्चीको पानी काठमाडौंबासीलाई वितरण गर्नका लागि आयोजनाले पानी ल्याउने मुख्य सुरुङ्गमार्गको काम समेत सम्पन्न गर्न नसकेको पन्तले जानकारी दिएका छन । उनका अनुसार उक्त सुरुङमा अझै साढे ६ किलोमिटर फिनिसिङको काम बाँकी रहेको छ ।

‘गिटी, बालुवा लगायतका निर्माण सामग्री सहजरुपमा उपलब्ध भयो भने पनि तीब्र गतिमा काम नगर्ने हो भने अझै लम्बिन सक्छ,’ उनले भने, ‘तर तीब्र गतिमा काम गर्ने हो भने पनि निर्माण सम्पन्न गर्न ३० दिन लाग्नेछ ।’ अस्थाई रुपमा बाँध बाँधेर भए पनि पुस मसान्त सम्ममा काठमाडौंमा पानी पुर्याईने उनको भनाई थियो ।

मुख्य हेडबक्स र पाईप डाईभर्सनको काम सुरु नभए पनि काठमाडौंसम्म पानी ल्याउने प्रोजेक्टको भौतिक निर्माण भने करिब ९५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिएका छन ।

अहिलेलाई अस्थाई बाँध र पाईप डाईभर्सनबाट काठमाडौंबासीलाई पानी वितरण गर्ने योजनामा रहेको आयोजनाले मुख्य स्थानमा बाँध बनाउने, ईन्टेक राख्ने, मुख्य हेडबक्स र पाईप डाईभर्सनको काम नै शसरु नगरेको पन्तले जानकारी दिएका छन ।

२ वर्ष अघि देखि मेलम्चीको पानीको आश गरेका काठमाडौंबासीलाई मेलम्चीको पानीको आश गर्नु आकासको फल आँखा तरि मर भनेको जस्तै भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL