Logo

दशैं मनाएर काठमाडौं भित्रिए ५ लाख नेपाली, बाहिरी जिल्लाबाट फर्कनेको चाप बढ्दो

दशैं मनाएर काठमाडौं भित्रिए ५ लाख नेपाली, बाहिरी जिल्लाबाट फर्कनेको चाप बढ्दो



काठमाडौं । दशैं मनाएर काठमाडौं फर्किने यात्रुहरुको चाप उच्च रहेको छ । मंगलबार बेलुकासम्म विभिन्न जिल्लाबाट दशैं मनाएर करिव ५ लाख नेपालीहरु काठमाडौं भित्रिएको यातायात व्यवसायीले जानकारी दिएका छन् ।

ट्राफिक प्रहरी कार्यालय काठमाडौंका अनुसार कात्र्तिक ३ गतेदेखि ६ गतेसम्ममा ४ लाख ६८ हजार ९ सय ६९ जना यात्रु विभिन्न नाकाबाट काठमाडौं आई पुगेका छन । दशैं सकिए लगत्तै बाहिरी जिल्लाबाट काठमाडौं भित्रने यात्रुको चाप एकदमै बढी रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

दशैं मनाएर काठमाडौं फर्कनेका साथै दशैंको भोलिपल्टदेखि काठमाडौं बाहिर आन्तरिक भ्रमणका लागि जानेको संख्यामा पनि उच्च बृद्धि रहेको छ । दशैं पछि ४ दिनको अबधिमा काठमाडौंबाट अन्तरिक भ्रमणमा निष्कनेको संख्या ३ लाखको हाराहारीमा रहेको छ ।
महाशाखाका अनुसार दशैं तिहारको विदा पारेर नेपालकै विभिन्न स्थानमा घुम्न जाने आन्तरिक पर्यटक कात्र्तिक ३ गतेदेखि ६ गतेसम्म २ लाख ८७ हजार २ सय ४० जना काठमाडौं बाट बाहिरिएका छन । साथै सो समयमा ४३ हजार ९ सय ९७ ओटा सवारीसाधनहरु काटमाडौंबाट बाहिरिएका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL