Logo

दशैंका लागि खाद्य संस्थानले ल्यायो ८ सय खसीबोका, शुक्रबारबाट बिक्री

दशैंका लागि खाद्य संस्थानले ल्यायो ८ सय खसीबोका, शुक्रबारबाट बिक्री



काठमाडौं । नेपाल खाद्य संस्थानले यस बर्षको दशैंलाई लक्षित गर्दै पहिलो चरणको खसी बोका काठमाडौं ल्याई पुर्याएको छ । संथानले घटस्थापना देखि नै बिक्री वितरण गर्ने भनिए पनि समयमै खसी बोका तथा च्याङ्ग्रा नआई पुगे पछि शुक्रबार देखि मात्रै बिक्री वितरण गर्ने भएको छ ।

संस्थानका सुचना अधिकारी शंकर सापकोटाले बिहीबार मात्रै मुस्ताङबाट ५ सय वटा च्याङ्ग्रा तथा हेटौंडाबाट ३ सय वटा खसीबोका आईपुगेको जानकारी दिएका छन । संस्थानले पहिलो चरणमा खसीबोका तथा च्याङ्ग्रा गरेर ८ सय वटा काठमाडौं ल्याई पुर्याएको छ भने दोस्रो चरणमा बाँकी १२ सयवटा खसीबोका तथा च्याङ्ग्रा ल्याउने भएको छ ।

संस्थानले दशैं लक्षित गरेर काठमाडौं बासीलाई १ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याउने अधिकारी सापकोटाले जानकारी दिएका छन । दशैंमा काठमाडौंको मागलाई लक्षित गर्दै मुस्ताङ, तुल्सीपुर र हेटौडाबाट खसीबोका ल्याउने भनिए पनि पहिलो चरणमा भने हेटौंडा र मुस्ताङबाट मात्रै ८ सय खसीबोका र च्याङग्रा ल्याएको सापकोटाले बताए ।

यस्तै संस्थानले रामशाहापथ, जाउलाखेल, थापाथली र नख्खुमा असोज १२ गते देखिनै सहुलियत दरका खाद्य पसलहरु संचालनमा ल्याएको छ । साल्ट ट्रेडिङको सहकार्यमा उक्त स्थानहरुमामा सुपथ मूल्य पसलहरु संचालनमा ल्याएको सापकोटाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL