Logo

जनकपूरको कनकपट्टी सम्म आईपुग्यो रेल, १० दिन भित्रमा ३५ किलो मिटर गुडने

जनकपूरको कनकपट्टी सम्म आईपुग्यो रेल, १० दिन भित्रमा ३५ किलो मिटर गुडने



काठमाडौं । अबको एक हप्ता भित्र जनकपूरसम्म रेल आउने भएको छ । अहिले जनकपूरको कनकपट्टी सम्म आईपुगेको मालबहाक रेल एक हप्तामा जनकपूर आईपुग्ने जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले जानकारी दिएका छन ।

भारतको जयनगर देखी जनकपूरको कुर्था सम्म रेल आईपुग्न भने करिब १० दिन लाग्ने इञ्जिनियर ओझाले बताए । अहिले जयनगर देखी जनकपूरको कनकपट्टी सम्म रेल आईसकेको छ उनले भने । २२ किलोमिटर सम्पन्न भएको उक्त रेल मार्गमा मालबाहक रेलले सफल परीक्षण गरिसकेको छ ।

अब बाँकी रेल मार्गको लागि तिब्र गतिमा काम भईरहेको समेत उनको भनाई रहेको छ । बाँकी १३ किलो मिटरको भने पहिलो र दोस्रो चरणको प्याकिङ (ब्लास्ट) को काम सकिसकेकाले तेस्रो चरणको तयारी भईरहेको छ उनले भने । अवको १० दिन भित्रमा ति सबै काम सम्पन्न भई जयनगर देखी कुर्था सम्म रेल आईपुग्ने ओझाले जानकारी दिएका छन ।

भारतको जयनगर देखी जनकपूर हुँदै कुर्था सम्म रेल आए पनि अहिलेनै सर्वसाधरणले भने उक्त रेल चढन नपाउने भएका छन । अहिले मालबहाक रेल मात्रै आउने ओझाले बताए । करिब डिसेम्बर देखी भने सो रुटमा सर्वसाधरणले पनि रेल चढन पाउनेछन । बुधबार सफल परीक्षण गरेको उक्त ब्रोडगेजको रेलमार्गमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र भारतीय विदेश मन्त्रालयका पदाधिकारीहरु समेत रहेको ओझाले बताए ।

भारतीय कम्पनी इर्कन इन्टरनेसनलले आगामी पुस देखि जनकपुर जयनगर रेलसेवा सञ्चालन गर्ने गरी लीग परीक्षणको साथै अन्य बाँकी अन्तिम चरणका कामहरु तिब्र गतिमा भईरहेको ओझाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL