Logo

बीमा कम्पनीमाथी अर्थमन्त्रीको आक्रोस, ‘सेयर बजारमा गरेको लगानीको पनि बीमा गर्नुपर्छ’

बीमा कम्पनीमाथी अर्थमन्त्रीको आक्रोस, ‘सेयर बजारमा गरेको लगानीको पनि बीमा गर्नुपर्छ’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीले सेयर बजारमा लगानी गरेर गल्ती गरेको बताए । ‘बीमा कम्पनीले जनताको सुरक्षाको लागि विभिन्न खालका प्याकेजहरु ल्याएर सोही अनुरुप सुविधा दिन सक्नुपर्छ,’ विकासशील देशहरुका बीमक र पुनर्बीमक संघ (एआईआरडिसि) को २१ औं अन्तरराष्ट्रिय सम्मेलन को उद्घाटनमा बोल्दै उनले भने, ‘तर, अहिले बीमा कम्पनीहरुले बढी नाफा कमाउने नाममा सेयरमा लगानी गरेर गल्ती गरेका छन् ।’

सेयर बजारमा पनि जोखिम भएकाले बीमा कम्पनीहरुले त्यस्ता क्षेत्रमा गरिने लगानीको पनि बीमा गराउनु पर्ने समेत उनले जानकारी दिए । ‘अन्तरराष्ट्रिय बजारमा बीमा कम्पनीले सेयर बजारमा लगानी गर्दा त्यसको पनि बीमा गराउने व्यवस्था छ,’ उनले भने, ‘तर, नेपालमा आफुखुशी लगानी गर्दै आएका छन् त्यसलाई पनि व्यवस्थित गरिनुपर्छ ।’

यसैगरी बीमा क्षेत्रले साईबर क्राईमलाई रोक्न नयाँ प्रविधि भित्र्याउनेतर्फ पनि ध्यान दिनुपर्ने उनको भनाई थियोे तीर पनि ध्यान जानपर्ने बताएका छन । बीमा समिति र नेपाल बीमक संघले संयुक्त आयोजना गरेको उक्त सम्मेलनमा अर्थमन्त्री खतिवडाले लघु बीमा कम्पनीहरुलाई पनि माथि उकास्दै लैजाने बताएका छन । उनले नेपालमा २०७२ सालको विनाशकारी भुकम्पले अर्थतन्त्र खस्केको बताउँदै यसमा बीमाको ठूलो देन रहेको जानकारी दिए ।

हाल सरकारले संचालनमा ल्याएकोे स्वास्थ्य बीमालाई सर्वव्यापी बनाईने बताउँदै उनले नेपालको स्वास्थ्य बीमा कार्यक्रम भनेजस्तो प्रभावकारी नभएको जानकारी दिएका छन ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाँईले अबका दिनमा साईबर क्राईम लगायतका क्षेत्रलाई समेट्ने गरी कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन । काठमाडौंमा आयोजना गरिएको उक्त सम्मेलनमा २० देशका करिब १४० जना सहभागी छन । सम्मेलन मंगलबार र बुधबार २ दिन चल्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL