Logo

टेलिकमको एफटीटीएच अव व्यक्तिलाई पनि, १५ गतेदेखि वितरण गरिने

टेलिकमको एफटीटीएच अव व्यक्तिलाई पनि, १५ गतेदेखि वितरण गरिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
१३ चैत, काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउदै आएको फाइवर टु दि होम (एफटीटीएच) सेवा व्यक्तिगत ग्राहकलाई पनि दिइने भएको छ । हालसम्म कर्पोरेट ग्राहकलाई मात्र वितरण गरिएकोमा व्यक्तिगत प्रायोजनका लागि पनि उपलब्ध गराउन लागिएको नेपाल टेलिकमकी सहायक प्रवक्ता प्रतिभा बैद्यले बताइन् । ‘हामीले आइतबारदेखि व्यक्तिगत ग्राहकलाई पनि यो सुविधा दिँदै छौं,’ उनले भनिन्, ‘उक्त सेवाबाट ग्राहकले द्वुत गरिको इन्टरनेट सेवा चलाउन सक्नेछन् ।’
सो कार्यका लागि केही स्थानमा अप्टिकल फाइवर विच्छ्याइएकोे छ भने उने कतिपय स्थानमा विस्तारको काम भइरहेको बैद्यले बताइन् । चैतको पहिलो हप्तादेखि नै वितरण गर्ने योजना भएपनि केही प्राविधिक समस्याले नसकिएको समेत उनले जानकारी दिइन् ।
एफटीटीएचको कर्पोरेट क्षेत्रमा माग राम्रै रहेको उनले जानकारी दिइन् । ‘हाइ स्पिडको भएकोले यो सेवा कर्पोरेट युजरलाई लक्षित गरि उपलब्ध गराइएको थियो,’ उनले भनिन् ‘तर, व्यक्तिगत प्रायोजनका लागि पनि यो सेवा उपयोगी छ ।’ वैद्यका अनुसार नक्साल र सुन्धाराबाट सेवा उपलब्ध गराउन लागिएको छ । टेलिकमको एफटिटीएच सेवा विगत ६ महिनादेखि सञ्चालनमा आएको हो ।

के हो एफटीटीएच ?

एफटीटीएचमा परम्परागत तामाको तारको सट्टा अप्टिकल फाइवर विच्छ्याएर घरसम्म इन्टरनेट दिइन्छ । यो हालसम्म नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सवैभन्दा उच्च गतिको इन्टरनेट भएको टेलिकमको दावी छ । एफटीटीएच १ एमबीपीएस देखि १ सय एमबीपीएस क्षमतामा १ वा सोभन्दा बढी कम्प्युटरमा इन्टरनेट चलाउन सकिन्छ । यसमा इन्टरनेटसँगै भ्वाइस सेवा समेत उपलब्ध हुन्छ । टेलिकमले मल्टिमिडिया अन्तर्गत भिडियो अन डिमान्ड, टिभी, गेमिङ आदी सेवा समेत उपलब्ध गराउने तयारी गरेको बताएको छ ।

कसरी प्रयोग गर्ने ?

यस मार्फत इन्टरनेट चलाउन सीपीइ (कस्टुमर प्रिमसेस इक्वीपमेन्ट) को आवश्यक पर्छ । यसको १ बर्षको मूल्य १० हजार तोकिएको छ । साथै ६ महिनाका लागि १५ र ६ भन्दा कम महिनाका लागि २० हजार तोकेको छ । सीपीइ कम्पनीले नै उपलब्ध गराउछ । त्यस्तै पोलदेखि घरसम्म आवश्यक पर्ने अप्टिकल फाइवर केवल पनि कम्पनीले नै उपलब्ध गराउने बताएको छ । ग्राहकले एफटीटीएच जडान खर्च १० देखि २० हजारसम्म दिनु पर्छ ।
फाइवर टु दि होमको अनलिमिटेड इन्टरनेट प्याकेजमा १ देखि ४ एमबिपिएसको ८ हजार, ५ देखि १० एमविपिएसको ९ हजार ६ सय, ११ देखि १ सय एमविपिएसको ८ हजार ९ सय र १ सय भन्दा माथिको ७ हजार ६ सय रुपैयाँ शुल्क लाग्ने टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL