Logo

संविधान दिवशमा उद्यमी देखि बैंकरसम्म विभुषित, कसले कुन पदक पाए ?

संविधान दिवशमा उद्यमी देखि बैंकरसम्म विभुषित, कसले कुन पदक पाए ?



काठमाडौं । सरकारले संविधान दिवशको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभुषित गरेको छ । सरकारले उद्योग व्यवसायमा रहेर समाजिक कार्य गरेका देखि बैंकरसम्मलाई सम्मान गरेको छ ।

सरकारले आज संविधान दिवशको अवसरमा उद्यमीहरु राजेन्द्र मल्ल, हरिभक्त शर्मा, हेमराज ढकाल, देविप्रकाश भट्टचन, मीनवहादुर गुरुङ र लोकमान्य गोल्छालाई सुप्रवल जनसेवा श्री तृतीयले सम्मान गरेको छ ।

यसैगरी सहकारीका अभियान्ता केशव बडाललाई पनि सोही पदकबाट सम्मान गरिएको छ ।

यसैगरी सरकारले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई प्रवल जनसेवा श्री चतुर्थ दिने भएको छ । साथै चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीलाई पनि सोही पदक प्रदान गरिने भएको छ ।

यसैगरी राष्टिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई पनि प्रवल जनसेवा श्रीबाट सम्मान गरिएको छ ।

सरकारले आज घोषणा गरेको पदक एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेबी भण्डारीले ले वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL